शोभा गुरुङ्ग (खुशी)
प्रतिमा
आज प्रतिमालाई अलि सन्चो नभएको जस्तो छ । तै पनि सकि नसकि साँझपख घाँस लिन भनी जंगलतिर पसेकी छिन । एक्कासी व्यथा लागि बच्चा जन्मेपछि उनी बेहोस भइन । होश आउँदा बच्चा सहित आफूलाई चारैतिर गाउँलेहरूबाट घेरिएको आफ्नो बाबुआमाको घरमा पाउँछिन् ।
अविवाहित छोरीले बच्चा जन्माएको कुरा प्रतिमाको बाबुआमाले पनि थाहा पाए । कुल्च्छिनी, नकच्चरी …,……..। यस्तो दिन हेर्नु हेराउनुभन्दा पहिले कि आफै झुण्डिएर मर्नु परथ्यो, कि त हामीलाई नै विष दिएर मार्नुपर्थ्योभन्दै अनेकौ शब्द अपशब्दहरूले गाली गर्न थाले । के यही दिन हेर्नलाई हामीले यसलाई यत्रो माया गरेर हुर्काएको ? हे भगवान ……… तिमीले बदलामा हामीलाई के यस्तो पारितोषिक (पुरष्कार) दियौ ?
