सूर्य आफ्नो दैनिक प्रकिया पुरा गर्ने क्रमको अन्त्यमा थियो । मानौ साँझको लालीमय किरणसँगै थकान मार्न आफ्नो ओढारमा पस्दै थियो । तर पनि सडक, गल्लीहरूमा मानिसको ओहोरदोहोर, भागमभाग अनि गन्त्व्यसम्म पुग्ने सवारीका साधनहरू, साईकल अनि मोटरसाईकलहरूको तछाँड मछाँड पनि कम थिएन । त्यतिकैमा गाडीको भित्रैबाट एउटा आवाज आउँछ … प्रीति … प्रीति … । गाडीको ढोका खोलेर एक जना नवयुवक बाहिर निस्किन्छ । मलाई चिनिनौ प्रीति … ? प्रतिउत्तर केही नआएपछि नवयुवक आफ्नो परिचय दिदै — म बिकास … , बिकास थापा के … ।
ए … ए … तिमी … ? तिमी बिकास । हेर कस्तो चिनिन नसकिने भएको । कस्तो अग्लो भएको, बिकास तिमी ?
मंसिर महिनाको चिसो चिसो मौसम । कफीको चुस्कीसँगै बिकास र प्रीति विगतका ती रमाईला दिनहरू सम्झी पुरानै दुनियाँबाट घुमफिर गरी वर्तमानमा आउँछन । प्रीति चाहदैनिन आफ्नो विगतको काल दशकलाई सम्झिन । तै पनि भन्नु त परयो नै, किनभने बिकास, प्रीति, रमेश, मधु, विपिन र अंशु त नङ र मासु हुन । एउटालाई पिटे अर्कोलाई दुख्छ । यिनीहरू केही बाध्यता, उच्च शिक्षा, रोजगारको सिलसिलामा मात्र एक अर्काबाट टाढा हुन पुगेका थिए ।
विद्यालय स्तरको पढाई पुरा भए पछि सबै साथीहरू कोही कता, कोही कता गए । तिमी पनि उच्च शिक्षा अध्ययनको लागि विदेशियौं । म चाहि एउटा स्कुलमा शिक्षिका पदमा काम गर्न थाले । पढाई राम्रो भएकोले स्कुलमा प्रिन्सिपल, अन्य सरहरू, मिस मेडमहरू र विद्यार्थीहरूको प्रिय थिए म । पढाई बाहेक सांस्कृतिक कार्यक्रममा पनि रुची राख्ने भएकोले स्कुलमा हुने सांस्कृतिक कार्यक्रममा गीतहरू पनि गाउँने गर्दथे । विद्यार्थीहरूलाई नाच सिकाउँन शाही सेनामा कार्यरत नृत्य प्रशिक्षक एकजना नरेन्द्र सर आउनु हुन्थ्यो । बेला बेलामा हुने सांस्कृतिक कार्यक्रमले हामी दुई जना साह्रै नै नजिकियौ । यहाँसम्म कि हामी एक अर्काबाट छुट्टिन नसकिने भयौ ।सँगै मर्ने, सँगै बाँच्ने कसम खाई यो जन्म त के जन्म जन्मान्तरसम्म पनि नछुट्टिने बाचा बन्धनमा बाधियौ ।
एक दिनको कुरा हो — स्कुलको विद्यार्थीहरूको नाचको अभ्यास सिद्धिए पछि हामी दुवैजना नरेन्द्रको डेरामा गयौ । नरेन्द्रले आफ्नो कोठा चिटिक्क पारेर सजाँएर राखेको थियो । त्यो सजावटमा कहि कतै, कुनै त्रुटि थिएन । सबै सामानहरू यथास्थानमा राखिएका थिए । मैले नरेन्द्रको कोठालाई नियाल्दै थिए अचानक “प्रीति म तिमीलाई कति धेरै माया गर्छु कि भन्नै सक्दिन ।” भन्ने नरेन्द्रको आवाजले म झसङ्ग भए । त्यस दिनको लामो समय सम्मको प्रेम वार्तालाप असविष्मणिय बन्न पुग्यो । करीव एक महिना भित्रै हामी दुवै जना विधिवत रुपमा विवाह बन्धनमा बाधियौ । हाम्रो जिन्दगी एकदमै राम्ररी अगाडि बढिरहेको थियो । एक वर्ष पछि नरेन्द्रको सरुवा बाग्लुङ्गमा भयो । नरेन्द्र बाग्लुङ्गमा भए पनि हामी दुई विच सधै फोनबाट कुरा भइरहन्थ्यो । एक दिन म अचानक एउटा खतरनाक सपनाबाट पसिना पसिना हुदै झल्यास्स व्युझिए । अगाडि फोनको घन्टी बजिरहेको थियो । एउटा हातले पसिना पुछ्दै अर्को हातले फोन उठाए । त्यसपछि … त्यसपछि त बिकास … मेरो दुनियाँ नै उजाड भएछ । मेरो नरेन्द्र त विस्फोटमा परि सख्त घाईते भएको र उपचारको क्रममा मृत्यु भएको रहेछ । नरेन्द्रले मलाई एक्लै छोडी गएको पनि आज यतिका वर्ष भई सक्यो । यसरी बिकास, त्यो बेल देखि आजसम्म म एक्लो नितान्त एक्लो छु । यही नै हो बिकास तिमीहरूसँगको विछोड पछिको अतित … । अब मेरो जिन्दगी त केवल मृत्युको पर्खाईमा छ ।
नितान्त सुन्यता छाएको छ । आकाश स्तब्ध छ, चराचुरुंगीहरू आवाज विहीन भएको, नदीनाला गतिशील नभई स्थिर भएको, निरन्तर वगिरहने शीतल हावाको अवागमन प्राय ठप्प भएको र आफूसँग बोल्ने शव्द नै खोजेर नभेट्रटाएको भान भइरहेको छ दुवैमा । खैर … छोड, म दुखियाँको दुखका दिन र दुःखका कुराहरू । आफ्नो पनि केही भन बिकास ? तिमी बोर त भएनौ ? मेरा अतितका घटनाहरूबाट । तिमीलाई हेरि आफ्नो मनको बह नपोखौभन्दा पनि उर्लेर आयो । के गर्ने ?
आफन्तको अगाडि नै मनको बोझ खोल्न मन लाग्छ प्रीति ! म त तिम्रो साथी । भारी कतै बिसाएपछि मात्र हल्का हुन्छ । यो मनको बोझ पनि ठिक त्यस्तै हो प्रीति । तिमीेले आफनो सम्झेर त मलाई सबै कुरा भन्ने आँट गरयौं । यस्तै हो जिन्दगी, कहिले हाँसो अनि कहिले रोदन । खुशीमा हाँस्नु र दुखमा आँसु बगाउनु नै वास्तविक जिन्दगी हो । जीवनमा आई पर्ने सम्पूर्ण आरोह र अवरोहलाई पार गर्नु हाम्रो कर्तव्य अनि बाध्यता पनि हो ।
मेरो पनि केही दिन घरपरिवारमा खुशी मनाउदै बित्यो । विवाहको लागि पनि घरमा सबैले कर गर्न लाग्नुभयो । स्वाभाविक पनि थियो । उमेर पुगिसकेको छोरा । आमावुवाको रहर त हुन्छ नै । तर मेरो आत्माले सधै तिमीहरूलाई नै खोजिरहन्थ्यो । साथीहरू कोही त भेट होला भनेर पहिला पहिला हामी भेट हुने ठाउँहरू गइरहन्थे तर सधै निरास भएर फर्कन्थे । करीव दुई महिना देखि मैले तिमीहरूलाई खोज्दैथिए । भाग्यवश आज तिमी भेट भयौ । आज म एकदम खुशी छु प्रीति … । एउटा पुलिसले अपराधीलाई खोजे झै खोज्दा खोज्दा बल्ल तिमी हात परयौ ।
अब म कुख्यात अपराधीलाई अरेष्ट गरी जे सजाँय दिन्छौ मलाई मन्जुर छ भनी प्रीति हाँस्दै दुई हात अगाडि पसारछिन । म तिमीलाई कानूनमा लेखिएको सबैभन्दा ठुलो सजाँय दिन्छु तर आज होइन फेरि कुनै दिन … भनी दुवैजना आ—आफ्नो गनतव्यतिर लाग्छन ।
एकाविहानै फोनको घण्टी बज्छ । प्रीति ओछ्यानवाटै फोन उठाउँछिन । उताबाट प्रीतिलाई आज लामो यात्रामा जाने प्रस्ताव आउँछ बिकासको, तर प्रीति त्यो प्रस्तावलाई कुनै विदाको दिनलाई भनेर पक्का गर्छिन ।
साँझ कफी रेष्टुरेन्टमा कफीको चुस्कीसँगै दुवैजना कहिले अतितका खुशीका दिनहरू सम्झी हाँस्छन भने कहिले दुखका दिनहरू सम्झी निरास हुन्छन । यसरी सुःख र दुःख अनि साथीहरूको खुसीको क्षणहरू सम्झदै साँझ झमक्क पर्दछ दुवैजना छुट्टिन्छन ।
शुक्रवारको दिन प्रीतिले आफ्नो घरमा खानाको लागि निम्तो दिएकी छिन बिकासलाई । प्रीतिको घरमा जान उसलाई अप्ठयारो महसुस भईराखेको छ । हुन त उनी एक्लै छिन तै पनि कता कता असजिलो महसुस गर्दै प्रीतिको घरमा जान्छन । उनी बिकासकै प्रतिक्षामा बसिरहेकी हुन्छिन । आज प्रीति पनि नौलो नौलो कुरातिर लग्दैछिन बिकासलाई । बिकास पनि दंग छ कुराको नयाँ मोडबाट । स्कुल पछिको दिन कसरी बित्छ तिम्रो ? भन्ने प्रश्नको उत्तरमा घरको कामकाज, कविता, कथा अनि लेखहरू लेख्ने गरेको प्रतिउत्तर दिन्छिन प्रीति । मतलव तिमी साहित्यकार । हुन त यो तिम्रो पुरानै बानी हो । साँझको खाना पश्चात “यो सानो उपहार” भन्दै केही थमाउछन प्रीतिको हातमा बिकासले । के को दुख गरेको बिकास यस्तो ? होइन यो त तिमीसँग भेट भएको खुशी हो भन्दै विदावारी भई घर फर्कन्छन । प्रीतिले पनि उपहारलाई हत्तपत्त खोलेर हेर्छिन । उपहार स्वरुप दिएको रातो साडी देखेर झसङ्ग झस्किन्छिन । कस्तो मुर्ख रहेछ बिकास । हाम्रो समाजमा विधवाले रातो लुगा लगाउनु हुदैन भन्ने थाहा छैन कि क्या हो … । केटा मान्छे थाहा नहुन पनि सक्छ । अब के गर्ने ? साडी पुरै खोलेर हेर्ने क्रममा एउटा सानो कागजको टुक्रा खस्छ जसमा “म तिमीलाई यो रातो साडीमा सजिएको हेर्न चाहन्छु ।” भन्ने लेखिएको हुन्छ ।
पुर्वयोजनानुसार बिकास र प्रीति बसेको गाडी टीकापुर उद्यान हेर्नको लागि राजमार्गमा गुडिरहेको छ । लामो सफरको दौरान पनि प्रायः दुवै मौन छन । टीकापुर पार्कको अवलोकनमा पनि साधारण कुरा बाहेक प्रायः शुन्य … । फिर्ता हुने बेलामा लाख कोशिशको वावजुद प्रीति … , त्यो रातो साडीमा सिंगारिने साईत कहिले निकाल्ने ? भन्ने प्रश्न तेस्राउछन बिकास प्रीतिको सुन्यतालाई चिर्दै । प्रतिउत्तरमा केही बेरको मौनतालाई गति दिने क्रममा धेरै सम्झाउने कोशिश गर्छिन प्रीति बिकासलाई । तर ती सबै कुरा बिकास सुन्ने मुडमा छैनन् । उनी प्रीतिले दिने साईतको प्रतिक्षामा बसेका छन । अन्तोत्गत्वा प्रीति हार भएर आफूलाई बिकासको हवाला गर्छिन । बिकास पनि पुर्वबचन अनुसार हाँस्दै “प्रीति … नाउँ यू आर अरेस्ट हिम ।” भन्दछन । दुवैजना गुहेश्वरी मन्दिरमा नयाँ जीवन नयाँ शैलीका साथ जन्म जन्मान्तरसम्म कहिले नछुट्टिने बाचा बन्धनका साथ एक सुत्रमा बाधिन्छन । विवाहको पहिलो दिन बिकास प्रीतिसँग प्रीति जस्तै सानी प्रीतिको माग गर्छन भने तिम्रो दिन प्रतिदिनको बिकासको क्रमलाई निरन्तरता दिन एउटा अर्को सानो नयाँ बिकासको चाहना राख्दछिन जसलाई प्रीति आफ्नै मायाले सिंच्न चाहन्छिन । तर पहिले बिकासले दिएको सजाँय त भोग्नै परयो ।
First published : 2013-07-02 17:15:44 +0900

nice
Katha yekdam ramro lagyo yesari nai aru katha pani padna pahiyos hai yo majheri sansar ma all the best always sis
Dear Shova sis
story is the
Dear Shova sis
story is the best .