आजभोलि महिलालाई भ्याई-नभ्याई छ ।
नसकिदै श्रावणको चटारो
तीजको दरखान भ्याई-नभ्याई छ ।
आज माईली, भोलि साईलीकोमा
पर्सी त मेरैमा भ्याई-नभ्याई छ ।
जर्गेना संस्कृतिको होइन यहाँ
विकृति भित्रयाउन भ्याई-नभ्याई छ ।
विलीनै भए तीजका भाखा
भडकिला दोहरीको रयाई रयाई छ ।
आजभोलि महिलालाई भ्याई-नभ्याई छ ।
तीजको दर खान भ्याई-नभ्याई छ ।

It is Really situation in
It is Really situation in Nepal now .