ShovaGurungKhushi-02


आज प्रतिमालाई अलि सन्चो नभएको जस्तो छ । तै पनि सकि नसकि साँझपख घाँस लिन भनी जंगलतिर पसेकी छिन । एक्कासी व्यथा लागि बच्चा जन्मेपछि उनी बेहोस भइन । होश आउँदा बच्चा सहित आफूलाई चारैतिर गाउँलेहरूबाट घेरिएको आफ्नो बाबुआमाको घरमा पाउँछिन् ।

अविवाहित छोरीले बच्चा जन्माएको कुरा प्रतिमाको बाबुआमाले पनि थाहा पाए । कुल्च्छिनी, नकच्चरी …,……..। यस्तो दिन हेर्नु हेराउनुभन्दा पहिले कि आफै झुण्डिएर मर्नु परथ्यो, कि त हामीलाई नै विष दिएर मार्नुपर्थ्योभन्दै अनेकौ शब्द अपशब्दहरूले गाली गर्न थाले । के यही दिन हेर्नलाई हामीले यसलाई यत्रो माया गरेर हुर्काएको ? हे भगवान ……… तिमीले बदलामा हामीलाई के यस्तो पारितोषिक (पुरष्कार) दियौ ?

चारैतिरबाट अपहेलित, घृणित शव्द र छेउमा राखेको शिशुको आवाजलाई प्रतिमाले चाहदा नचाहदै पनि सुन्नु त परयो नै । आँखा उघारेर हेर्ने हिम्मत चाहि गर्न सकिनन् प्रतिमाले । किनभने कारण स्वयः नै थिइन । त्यही काल समान कारण उनको मानस पटलमा चलचित्र झै छाएको छ । उनी झलझली त्यो क्षणलाई सम्झिरहेकी छिन ।

हिलो बर्षा, गर्मीले विश्राम लिदै बसन्तऋतुले आफ्नो आगमनको जानकारी दिदैथियो । गाउँघरका किसानहरू खेतीपातीको कामबाट थकाई लिने बेला आएकोमा हर्षित थिए । गाउँको दुर्गा मन्दिरमा अशोज महिनाको पहिलो शनिवार स्थानीय बासिन्दाहरू मिलीजुली पूजा गर्ने परम्परा रहिआएको छ । यसै दिन यहाँ पूजा गर्न र मेला भर्न आउनेहरूको भीड लाग्ने गर्दछ । भनिन्छ यस मन्दिरमा पवित्र आत्माले मागेको जुनसुकै ईच्छा पनि पुरा हुन्छ । त्यसैले पनि यो मन्दिर निकै प्रख्यात छ । त्यही कारणले होला यस मन्दिरमा पूजा गर्न र मेला भर्न आउनेहरूको भीड हुन्छ । गाउँका युवायुवतीहरू समुह समुहमा विभाजित भई मेला भर्न र पिकनिक मनाउन आउने गर्दछन ।

त्यस्तै एउटा समुहमा प्रतिमा पनि आएकी छिन । प्रतिमा ब्रहामण कुलकी हुनेखाने परिवारकी एक चञ्चले स्वभावकी केटी हुन । मेलामा पिकनिक खेली सबैजना आ आफ्नो गन्तव्यतिर लाग्ने क्रममा प्रतिमा पनि आफ्नो घर तिरको बाटो समातीन । गोरेटो, घोडेटो, बारीको आली, कुलो आदि पार गर्दै थिइन । बाटोमा मुखिया बाजेका छोरा बसन्तसँग उनको भेट भयो । बसन्त ६ वर्ष अघि नर्सिङ पढाईको लागि राजधानी पसेका थिए । पढाई पछि उनी काठमाण्डौकै एक प्रतिष्ठित नर्सिङ्गहोममा जागिरे छन ।

अचानक बसन्तसँग भेट हुदाँ चञ्चले प्रतिमा कराई “आम्मै ……बसन्त दाइ । यतिका वर्ष पछि एक्कासी गाउँमा ।” तिमीलाई भेटन भनी मेलामा गएको थिए । नदेखेपछि तिमीलाई भेट्न तिम्रै घरको बाटो पछयाउँदै हिडेको नि ?

दुवैको एकछिन भलाकुसारी पछि हिडदै हिडदै गाउँको एउटा सुन्दर बस्तीभन्दा अलि माथि पुगे । प्राकृतिक सौन्दर्यताले सोभायमान जहाँ अनावश्यक चहलपहल छैन । पशुपंक्षी आफ्नै धुनमा मस्त छन । चिसो शितल हावा निरन्तर मन्द गतिमा बग्दैछ । झरना र खोलाको पानी आफ्नै सुरतालमा दोहरी खेल्दैछ शहरका नौला नौला कुरा अनि माया प्रीतिका मिठा मिठा कुराले बसन्तले प्रतिमालाई आफूतिर आकर्षित पार्दै गयो । दुवैको दैनिक भेटघाट सँगसँगै मायाप्रीति पनि बढदै गयो । जसको परिणाम आज …………। समय बित्दै गयो । दिन हप्ताबाट महिना हुदै बतास झै अगाडि बढदै गयो । शहरबाट फर्की घरसल्लाह गरी विवाह गर्ने बचन दिएर गएका बसन्त आज बच्चा जन्मिसकेको हल्ला भई सक्दा पनि नआउँदा प्रतिमा कठोर मुटुले बसन्तको घरमा गई घटनाको बृतान्त तथ्य सत्य बताउँछिन र बच्चाको अधिकारको भीख माग्छिन । तर कठै …………..

उत्ताउली, नकच्चरी, लाज लाग्दैन । जसलाई पायो त्यसलाई आफ्नो पापको भागिदार बनाउँछिस ? मुखमा कालो पोत्नुभन्दा अगाडि एकपल्ट सोच्न सकेकी थिइनस् ।

अविवाहित छोरीले बच्चाको जन्म दिए पछि आमाबाबुले पनि उनलाई घरमा पस्न दिएनन् । यो घटनाले धेरैबाट उनी घृणित हुन पुगेकी थिइन । तर कसै कसैको दयाबाट पाएको गाँस, बास र कपासबाट उनले दुई महिना काटिसकेकी छिन । केही गाउँलेहरूको सल्लाह बमोजिम बसन्तको घरमा प्रतिमा दुई महिनाको बच्चालाई काखमा च्यापी आउछिन र पुनः बच्चाको अधिकारको लागि बिन्ती गर्छिन, तर प्रतिमाको यो बिन्तीलाई सबैले हाँसोमा उडाइरहेका थिए । अनेकौ कर्कश, अपहेलित शब्दहरू शिर झुकाएर सुनिरहेकी थिइन । यत्तिकैमा “मुखिया बाजे……..बाबुको चिटठी टक्रयाउछु ।” हुलाकीले टक्रयाएको त्यो चिटठी मुखिया बाजेले त्यही खोलेर पढछन । बसन्त आफ्नै नर्सिङ्गहोमको स्वास्थ्य समबन्धि टे«निङको लागि छानिएर एक हप्ता पछि जापान जाने कुरा सबै गाउँलेहरूलाई सुनाउछन । गाउँलेहरू एकअर्काको मुखामुख गर्छन । धपक्क निभेको बत्ती झै प्रतिमा काखमा बच्चा च्यापी त्यहाँ वाट लुसुक्क निस्किन्छिन । दिन महिना हुदै कैयौ वर्षौ बितीसक्यो । प्रतिमा त्यस गाउँमा देखा परेकी छैनिन । थाहा छैन उनी कहाँ छिन, के गर्दैछिन, जिउँदै छिन या……………।।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

4 thoughts on “प्रतिमा”

  1. सर्वप्रथम नारी वेदनामा आधारित
    सर्वप्रथम नारी वेदनामा आधारित निकै मिठो, मर्मस्पर्शी र यथार्थपरक लघुकथा – ‘प्रतिमा’ पस्कनु भएकोमा शोभा गुरुङ् (खुशी) जीलाई हार्दिक धन्यवाद ! वास्तवमा हाम्रो पुरुष प्रधान समाज निकै विभेदी र दोषी छ, अनैतिक सम्बन्ध वा गल्ति कार्य नारी+पुरुष दुबैबाट भए पनि पुरुषलाई चोख्याउने र अबोला नारीलाई एकलौटी हिसाबबाट दोषको भागीदार बनाउने नराम्रो चलन र प्रवृत्ति हावी छ, अझैसम्म समाजका स्वार्थी पुरुषहरुले नारीलाई भोगचलन गर्दै अथवा खेलौना बनाई उनको अस्मिता र जीवनलाई खेलावाड गर्दै आएका छन्, यस्तो गलत सोचाई र मनोवृत्ति हटाउनु नितान्त जरुरी देखिन्छ भन्ने यस लघुकथाको मूल मर्म हो ।

  2. comment
    नानी तिम्रो कथालाइ लघुकथा भन्न मिल्दैन । लघुकथाको सैद्धान्तिक पक्ष पढ है ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *