Skip to content

डा. कृष्ण भण्डारी मुमुक्षु

KrishnaBhandariMumukshu

मझेरीमा दियो छैन

मझेरीमा दियो छैन कलश पनि छैन
माया गर्ने आफन्तलाई निम्तोसम्म छैन ।
कहाँ खोजूँ मझेरीको डट कम कता पर्छ !
हृदयको मझेरीमा छ कि अन्तै सोध्नुपर्छ ।

20130828_KrishnaBhandariMumukshu

असमय – काव्यिक भेट

शरण आँसु अक्षरको पाठशालालाई भावनाको रसायनले सिंगार्ने कुशल शब्दकर्मी हुन् । एक सय चौवीस पृष्ठमा अठ्चालीस कविताको आयतन देखाउने ‘असमय’ शरण आँसुको गद्य कविताको रुपाकृति हो । नौ थरी आभार तथा कृतज्ञताका सुस्केरा बिसाए पनि यो कविता सङ्ग्रह नयाँ यात्रामा अघि बढेको नौ कोस टाढासम्म सुनिने शब्द गुञ्जनले मनोहारी बनेको छ । निरर्थकतालाई चाल्दै मनको मझेरीमा उभिएर पाठकको अदालततिर ध्यान दिने शरण आँसु काव्य साधनाको चौतारो चिन्न सिपालु रहेको पुष्टि असमयले गर्छ ।

निहत्था कवितालाई हिर्काउने केमिष्ट्रीको भाउसित बेमेल राख्ने शरण आँसुले कविताभित्र असम्पूर्णता देख्नु सादगीपनाको पहिचान पनि हो । पीडा र आँसुको मलामी कविता होइन भन्ने शरण आँसु अतित र वर्तमानको नियात्राबाट सिर्जना झिक्छन् । यो ‘असमय’ साहित्यिक गोरेटोलाई चौड्याउने जमर्कोले रचिएको कृति हो ।