Skip to content

साजन राई उपेक्षित

SajanRaiUpechhit

सन्ध्या

एक जना साथीले पठाएको एसएमएसले म नमस्तक भए। उसले प्रयोग गरेको शब्दहरूमा मैले “हो र?” भन्नै सकिन । कलेजो नै घाँटीमा आएर अड्के झै भयो, सपना या बिपना के हो ? आफैलाई चिमोटेर जान्न चाहे पनि । अचम्म कान्सिरी तात्तिए आँखी भौं उचालिए। २१डिग्रीको एसी को तापक्रमभित्र पनि म पसिना पसिना भएछु । मेरो अनुहार कालो निलो भएर अँध्यारिएछ। अल्छीले हाइ हाइ काढ्दै काम गर्ने मलाई त्यस बेला ११० भोल्टको झड्का लगेको थियो दिमागमा।

तिमीलाई भेट्न अब धाउदिन म ठुली

तिमीलाई भेट्न अब धाउदिन म ठुली
हामी बस्ने चौतारीमा आउदिन म ठुली

धेरै गुमाएछु मैले तिमलाई माया गर्दा
तिम्रो मेरो माया भित्र रंगीन सपना भर्दा
मुटु दुख्ने चोखो माया लाउदिन म ठुली
तिमीलाई भेट्न अब धाउदिन म ठुली

सयपत्रीले मलाई नै डाक्दै होला (मुक्तक)

सयपत्रीले मलाई नै डाक्दै होला ठुली
चेलीहरू मेरै बाटो ताक्दै होला ठुली ।।
भनी देऊ तिम्रो माइती आउन पाउदैन
मेरै नाममा मासु, रोटी पाक्दै होला ठुली ।।

साजन राई ”उपेक्षित”

अब यस्तो राजनिती गरिनु हुन्न

हुरी-बतास पानी-झरीबीच
सिकुवाको कुनामा बसी
मेरा पप्पा
हँ हँ को रोगी जिउ र
ख्वाँक-ख्वाँक को सुख्खा खोकीसँगै ..
मलाई तीन पुस्ते कथा सुनाउनुहुन्छ ।
नाति .! राजनीति कहिल्यै नगर्नू …!
भर्लाको पातमा
लाम्पातेको ढुटा खौरिदै
सुर्ती बेरिदिएर
मेरो पप्पा(बाजे)सँग
म ईतिहासको जोहो गर्दैछु ।