Skip to content

rk pant

गुनासो

यस्तै रहेछ यहाँ को चलन
दुख्दो रहेछ त्यत्तिकै यो मन
खुशी संग जिउनु चाहेर पनि
यहि चाहनाले दुखि हुँदै झन्
यस्तै कथाहरु सुनिन्छन यहाँ
यस्तै कतिका पुराना गन्थन
गरेर न हुनु बेग्लै कुरा हो
रुनु किन केहि न गरि कन्
किश्ना तिमीलाइ सबै थाहा छ
तिमि जस्ता यहाँ धेरै धेरै छन

जिन्दगी

अलि अलि अभावमा छ जिन्दगी
मलाई त लाग्छ शराबमा छ जिन्दगी

भन्नु न म खुशी छु भनेर
बिनाहाडको कबाफमा छ जिन्दगी

बाकी नै छ

अहिले आगो न निभाउ बल्न देउ
अझै एउटा दियो बाल्न बाकी नै छ
हामि जुन देश-प्रेम मा गर्ब गर्छौं
अझै त्यो धुवाँ उठाउन बाकी नै छ
जो भोक र तिर्खाले मूर्छित छन्
अझै उनलाई विउँझाउन बाकी नै छ
जो सत्य-कार्यबाट प्रेरित छन्
तिनको पत्ता लगाउन बाकी नै छ

बिडम्बना

बच्चाको हासोहरुमा गल्ति खोज्दै छौ ?
ढुंगाका मुर्तिहरुमा भगवान खोज्दै छौ ??
घर जलाउदै तिमि संसार खोज्दै छौ ?
मान्छेको मानवताको ठेगान खोज्दै छौ ??
तिमि के खोज्दै छौ ?कहाँ खोज्दै छौ ?
जो मिल्छ यहीं यतै, त्यहाँ खोज्दै छौ ?!!