गाईजात्रा २०७० को लागि हजुर हरु माझ सानो प्रयास स्वरुप “ठुलो भुँडी” को व्ययङे गर्ने जमर्को गरेको छु कृपया प्रतिकृया तथा सुझावको पर्खाइ मा छु ।
के के हाल्छन् त्यो भुँडीमा चिर्नै पर्ने भो
भुँडी पाल्न जनताले कर् तिर्नै पर्ने भो
सेरे दाइले भुँडी पाल्न मेलन्चिलाई हेरे
कत्ती घिच्या ति भुँडीमा किर्नै पर्ने भो
माधव ओली झाले माले सबै भुँडी वाले
अख्तियारनै त्यै भुँडीमा छिर्नै पर्ने भो
लाटो लड्छ १ बल्ड्याङ बाठो चार अरे
प्राधीकरण घोटला मा गिर्नै पर्ने भो
हिस्स भए बाबुराम हिसिलाले गर्दा
तिन्लाई सुहाउन पेटे भारी भिर्नै पर्ने भो
-प्रकाश अर्याल
नलाङ 7 बैरेनी धादिङ
