Skip to content

सम्बन्ध नै भाँडिए झैँ भयो

PrakashAryal


तिम्रो मेरो सम्बन्धनै भाँडिए झैँ भयो
सँगै थियौं तर पनि टाडिए झैँ भयो

मुटुभित्र पसेँ भन्थ्यौ अंगालोमा कसेँ
एकाएक सुन्यतामा छाडिएझै भयौ

गाउँमा हामी जत्रा, मेला पर्व जन्थ्यौ
च्यात्तै छोड्यौ किलो गाडिएझै भयौ

तिमीनै हो मेरो देउता तिमी मेरो राजा
त्यति मिठो माया आज बाडिए झैँ भयो

मेरो नामको गुलाफ, धेरै सार्यौ अरे
आज तिम्रो फुलबारी माडिए झैँ भयो

-प्रकाश अर्याल
नलाङ-७ बैरेनी धादिङ

http://chukuprakash.blogspot.com/

Leave a Reply

Your email address will not be published. Required fields are marked *