Skip to content

हाङपाल आङबुहाङ

केही सेन्र्यु र हाइकुहरु ( बाटोको युद्ध )

-१-

बाटोको युद्ध 
मुटुभरी स्वदेश 
विवश यात्रा

-२-

युद्द भूमिमा
असुरक्षित बास
घरको चिन्ता

-३-

कलमी यात्रा
बारुदी परीवेश
अक्करे भीर

-४-

लडाकुहरू
सुरक्षित सम्झिन्छन्
बंकर भित्र

-५-

युद्द भूमिमा
मृत्‍युहरू कुल्चिदै
हाँस्छ गोर्खाली

चाँगे: ५, ताप्लेजुङ
हाल: सिंगापुर

नियतिले लुकामारी खेल्दै छल्दा खेरि

नियतिले लुकामारी खेल्दै छल्दा खेरि
दुनियाँमा एक्लै भएँ तिमी ढल्दा खेरि

मलामीको ठूलो भीद्मा बेहोसिंदै रोएँ
तिम्रो देह अग्नि ज्वालासँगै जल्दा खेरि

केही हाइकुहरु


बुख्याँचालाई
चिसो रातले पोल्छ
आलुबारीमा

झिस्मिसेमा नि
हजुरआमा चिन्थें
गुन्युचोलीमा

नाङ्गो पहाड
फरक आँखाहरु
अनेक दृश्य

चाँगे- ५
ताप्लेजुङ

रहर लाग्दो आसाहरु मरे पछि रोएँ …

रहर लाग्दो आसाहरू मरेपछि रोएँ
जिन्दगानी पिरै पिरले भरेपछि रोएँ

निरासाको बादललाई हटाउँन खोज्दा
लथालिंगै रहरहरू छरेपछि रोएँ

हाम्रो नाता छुटाउने जातहरु सम्झें

हाम्रो नाता छुटाउने जातहरु सम्झें
निर्दयी ती मनुष्यको लातहरु सम्झें

तिम्रो खुसि चाहने तिम्रै परिवारले
जवरजस्ती गरेको घातहरु सम्झें

मन्मा माया हुँदा हुँदै हामी छुटे पछि
प्यार गर्दै छुने तिम्रो हातहरु सम्झें

भुल्न खोजें सम्झनाको छाँया नमेटिदा
झनै धेरै तीता मीता बातहरु सम्झें

एकोरिदै कल्पनाको सागरमा डुब्दा
लुकिछिपी बिताएको रातहरु सम्झें

चाँगे: ५ ताप्लेजुंग
हाल: सिंगापुर

खोला परें बिना पुलको त्यसैले त छाड्यौ मलाई

खोला परें बिना पुलको त्यसैले त छाड्यौ मलाई
कुलो परें बिना मुलको त्यसैले त छाड्यौ मलाई

कुन पापीको बेहोसीमा कुन वेश्याले जन्माएको
मान्छे परें बिना कुलको त्यसैले त छाड्यौ मलाई

जीवन यात्रा कहिले कहिँ एक्लै एक्लै हुँदो रै’छ …

जीवन यात्रा कहिले कहिँ एक्लै एक्लै हुँदो रै’छ
एउटै धर्तीआकाश पनि बेग्लै बेग्लै हुँदो रै’छ

माया उस्तै भए पनि झनै माया लागे जस्तो
कहिलेकाही आशंकामा आफ्नै छाँया भागे जस्तो
एक्लै एक्लै भए पछि येस्तै येस्तै हुँदो रै’छ
एउटै धर्तीआकाश पनि बेग्लै बेग्लै हुँदो रै’छ

बात जति गरेपनि बातै बाँकि रहे जस्तो
घाम झुल्की सक्दा पनि रातै बाँकि रहे जस्तो
धेरै टाढा भए पछि येस्तै येस्तै हुँदो रै’छ
एउटै धर्तीआकाश पनि बेग्लै बेग्लै हुँदो रै’छ

चाँगे: ५ ताप्लेजुंग
हाल: सिंगापुर

मेरो देशको आँसु फेरि कहिल्यै नझरोस्

मेरो देशको आँसु फेरि कहिल्यै नझरोस्
लडाई गर्दै आसाहरु कहिल्यै नमरोस्

मिर्मिरेमा लालीहरु भर्दा भर्दै घामले
दिन बिग्री सपनाहरु कहिल्यै नछरोस्

स्वभिमानी नेपालीको शाहसहरु सँधै
जति कठीन् मोडमा पनि कहिल्यै नहरोस्

मेचीदेखि महाकालीको सङ्लो पानीसँग
रगत मिसी नदीनाला कहिल्यै नभरोस्

सिर्जनाको गाउँबस्ती शहर जल्ने गरि
अन्तिम इच्छा बज्रपात कहिल्यै नपरोस्

चाँगे: ५ ताप्लेजुंग
हाल: सिंगापुर

HangpalAbbuhan

याप्मी लाजे ओ येप्मा पोङ् निङ्वा ए मेन्दाए

याप्मी लाजे ओ येप्मा पोङ् निङ्वा ए मेन्दाए
खासाङ् आङ् वाआ पाप्मा पोङ् नुरिके मेन्घाए

याप्मी पान् खेम्नु नुनुबा सेप्माङ् रक् निमेन्लो
आत्ति साङ् याङ्सा मेधक्नेन् होम्रिक्वा मेन्धाए