हाङपाल आङबुहाङ

लुङ्मा सिगाङ् याक्थुङ लाजेन् पक्सुङ्ङाङ् वाआ

आत्तिआत्ति केत्तासाङ्
माङ्घा माङ्घा वाआसाङ् …आङ्गा
लुङ्मा सिगाङ् याक्थुङ लाजेन् पक्सुङ्ङाङ् वाआ

पाङ्भे पाङ्यक् आताराप्हा पक्सुङ् वयाङ्ङेल्ले
लाम्दिकेयो वेस्मा लाम्मेन हक्सुङ् वयाङ्ङेल्ले
याप्मी लाजे केराङ्साङ् ..आङ्गा
आनी चाङ्वान पनुनुरिक चाक्सुङ्ङाङ् वाआ
लुङ्मा सिगाङ् याक्थुङ लाजेन् पक्सुङ्ङाङ् वाआ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

रंगहरु खोज्दै हिंड्दा, सादा जिन्दगीको

रंगहरू खोज्दै हिंड्दा, सादा जिन्दगीको
बाटो काटें अनिंदो नै, आधा जिन्दगीको

यात्राभरी नमिलेको किनारहरू भेटें
छाँया उस्तै नदेखिने इनारहरू भेटें
सबै उस्तै हुन्न रैछ पाना जिन्दगीको
रंगहरू खोज्दै हिंड्दा, सादा जिन्दगीको

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

भागेर भूगोलभरि

भागेर भूगोलभरि
जति नै युगहरू चपाएर निले पनि
चारोको खोजीमा सुदुर उडेको चरा
आफ्नै गुँडमा फर्किए झैं
एकदिन म पनि
मेरो गाउँ फर्किनु पर्छ
मेरो शहर फर्किनु पर्छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सिङ्गापुरे लाहुरेनी म

मैले
मेरो शीरमा
सुनको जून झलल बोकेर हिंडे भने
मेरो श्रीमानको ताराहरू खस्न सक्छन्
हो म त्यै भूगोलमा बाँचेकी
जून बिनाकी मान्छे हुँ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

” हिमाल जस्तै हाँस्ने भए हिउँको चिसो थाम्नु पर्छ “

हिमाल जस्तै हाँस्ने भए हिउँको चिसो थाम्नु पर्छ
चिसो थाम्दै हिउँ बोकेर उल्टै क्षितिज डाम्नु पर्छ
चिसो थाम्दै क्षितिज डाम्दा ख्याल गर्नु पर्ने कुरा
दुनियाँलाई हँसाई राख्न आफ्नै नाडी छाम्नु पर्छ

चाँगे:५ नेसुम, ताप्लेजुङ
हाल: सिंगापुर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कहिले पुरै देखिएर हिड्नुपर्छ जून जस्तै

कहिले पुरै देखिएर हिड्नुपर्छ जून जस्तै
कहिले पुरै छेकिएर हिड्नुपर्छ जून जस्तै
सँधै – सँधै जिन्दगीको बाटो उस्तै हुन्न र त
कहिले पुरै मेटिएर हिड्नुपर्छ जून जस्तै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

केहि हाइकुहरु

-१-

हरियो मुना
पहेंलिदै बढ्दैछ
छप्पड मुनि

-२-

सङ्लो पोखरी
सङ्लै जूनको छाँया
संसारै राम्रो

-३-

माटोमा फेरी
मान्छेको रगतले
पप्पी नफुलोस्

-४-

शीतको थोपा
ढुक्कै लज्जावतीमा
जमेर हाँस्छ

-५-

हाम्रो नेपाल
फूलैफूलको देश
मिलेर फुलौं

-६-

पुर्नु हुँदैन
हाइकुको निहुँमा
तिलिचो ताल

चाँगे:५ नेसुम ताप्लेजुङ
हाल: सिंगापुर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हाइकुको संक्षिप्त परिचय …

हाइकु लेखन जापानी लघु काव्यविद्या हो। हाइकु कविताको आदिकवि भनेर कवि मात्सुओ बासोलाई भनिन्छ। प्रकृति र ऋतुहरुको सन्दर्भ एवं संकेतहरु उल्लेख गर्दै जीवन दर्शनको चेतनामुलक सन्देशहरु दिन ५-७-५ को संरचनामा १७ अक्षरमा हाइकु लेखिन्छ । थोरै शब्दमा लेखिए पनि त्यसको अर्थ खोज्दै जाने हो भने एउटा उपन्यास बराबर नै हुन्छ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

” गुम्स्याएर राख्नु हुन्न पिर जिन्दगीको “

गुम्स्याएर राख्नु हुन्न पिर जिन्दगीको
पाकेपछि खतम पार्छ शिर जिन्दगीको
जोकोहिले बुझ्नु पर्ने एउटा सानो कुरा
एक्लै चढ्न गाह्रो हुन्छ भिर जिन्दगीको

चाँगे: ५, ताप्लेजुङ
हाल: सिंगापुर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जिन्दगी, जिन्दगी जस्तो बाँचौं !

हामी मान्छेहरू
जीवन नै सबैथोक भए पनि
अरु नै कुराको बेसी ख्याल गर्दै
स्वयं खुसीहरू ओझेलमा पारेर
चिन्तै चिन्तामा
सुर्तै सुर्तामा
जीवनरुपी दियो नजलौं

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सुन्दर भूँईफूलहरु

मलाई घाम झुल्किने बेलामा
तारा जस्तै चम्किनु पर्छ भन्यौ तिमीले
तर मैले दिनभरि घाम तापेर
रातलाई पर्खिइन

फेरि साँझ परेपछि
घाम जस्तै झुल्किनु पर्छ भन्यौ तिमीले
फेरि पनि मैले रातभरि सुतेर
मिर्मिरेलाई पर्खिरहिन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

क्रान्तिकारी हुरी जोडले चल्नुपर्छ अब

क्रान्तिकारी हुरी जोडले चल्नुपर्छ अब
सामन्तीको शाहस पुरै गल्नुपर्छ अब
संघीय र समावेशी राष्ट्र जन्मिनलाई
एकात्मकवादी घोचोहरु ढल्नुपर्छ अब

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

फूल हुन फुल्नैपर्छ भन्ने पनि छैन

फूल हुन फुल्नैपर्छ भन्ने पनि छैन
थुङ्गा बनी झुल्नैपर्छ भन्ने पनि छैन
कति नफुलेरै पनि फूल बनेको छ
स्वाङ पार्दै खुल्नैपर्छ भन्ने पनि छैन

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बिझाउने गिटीहरु मिलाएर टेक्नु पर्छ

बिझाउने गिटीहरू मिलाएर टेक्नु पर्छ
दुखेपनि सधैँ – सधैँ धैर्यताले सेप्नु पर्छ
गिटीसँग रिसाएर आफै मुर्ख बन्नु हुन्न
अघि बढ्दै प्रगतिको कथाहरू लेख्नु पर्छ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तीन हाइकु

-१-

न्यानोले भन्दा
चिसोले फुलाउँछ
सार्थक फूल

-२-

कालो बादल
संग्लो पानी भएर
भिजायो माटो

-३-

लट्टै फलेर
दुनियाँको आसे झट्टी
सहन्छ लप्सी

चाँगे: ५, ताप्लेजुङ
हाल: सिङ्गापुर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तीन मुक्तक ( मान्छे पिच्छे मृत्‍यु)

मान्छे पिच्छे मृत्‍यु पनि फरक हुँदो रैछ
जस्तै फरक भए पनि मनै छुँदो रैछ
सम्हालिंदै रुनेहरूको आँसु पुछ्दाखेरि
थाहै नपाई आफ्नो पनि आँखा रुँदो रैछ

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दुई किनार माया साट्छन् बगिरहने छालसँगै

दुई किनार माया साट्छन् बगिरहने छालसँगै
नभेटे नि छुटिदैनन् त्यै पानीको चालसँगै
ऋतुहरु नमिल्नाले कहिले डुब्छन् कहिले सुक्छन्
गर्दैनन् है केहि गुनासो फेरिइ जाने सालसँगै

  •  
  •  
  •  
  •  
  •  
  •  
  •