हाङपाल आङबुहाङ
हाइकु लेख्ने तरिका:
हाइकु लेख्ने तरिका:
१) तीन हरफमा रच्नु पर्दछ ।
२) पहिलो हरफ ५ अक्षरयुक्त शब्द/शब्दहरुको चयन गर्नु पर्दछ।
३) दोस्रो हरफ ७ अक्षरयुक्त शब्द/शब्दहरुको चयन गर्नु पर्दछ।
४) तेस्रो हरफ ५ अक्षरयुक्त शब्द/शब्दहरुको चयन गर्नु पर्दछ।
५) यसरी हाइकु जम्मा १७ अक्षरमा लेखिन्छ।
६) ऋतु (किगो) बोधक शब्दचयन गर्नु पर्दछ,।हाइकुमा प्रकृति स्पन्दन हुनु जरुरी छ।
एउटा हाइकु हेरौं:
आधा चन्द्रमा
चुहुने छानोबाट
मलाई हेर्छ
धन्यवाद !
तिमी रुँदा तिम्रो आसुँ हेर्न सक्दिन म
तिमी रुँदा तिम्रो आसुँ हेर्न सक्दिन म
सास पनि निर्ढुक्कले फेर्न सक्दिन म
यदि हामी हिंड्ने बाटो बेग्लै हुन्छ भने
ईश्वरकै कुरा पनि टेर्न सक्दिन म
आँफै भन्दा पनि धेरै तिम्रै माया लाग्छ
लहरिँदै अर्कै रुख बेर्न सक्दिन म
तिम्रो पनि हाँस्ने खेल्ने चाह कति होला
पिँजडा भै तिम्रो खुशी घेर्न सक्दिन म
जिन्दगानी ढलेपछि साथ छुटि दिन्छ
छुटे पनि तिम्रो याद केर्न सक्दिन म
चाँगे: ५, ताप्लेजुङ
हाल: सिंगापुर
“अलौकिक यात्रीहरु”
भरिलो जिन्दगीको खोजिमा
रसिलो जिन्दगीको खोजिमा
असिमित रहरहरुसँग
रहर मेट्ने आशामा
खुशी भेट्ने आशामा
धेरै यात्रीहरु
रहरका सिमाहरु छैनन् भनेर
खुसीको गन्तब्यहरु छैनन् भनेर
बुझेर पनि
जानेर पनि
भोगेर पनि
साँघुरो यथार्थको धरातलमा उभिएर
कल्पनाको फराकिलो क्षितिज हेर्दै
हलुङ्गो सास फेर्छन !
अनि
आकाशको तारापुन्जलाई समात्न खेजेर
सागरलाई अन्जुली भित्र समेट्न खोजेर
उक्लिन खोज्दा यात्रीहरु
यथार्थ भन्दा तल खस्न पुग्छन
तनावको दलदलमा फस्न पुग्छन
तर पनि
परिवर्तनसँगै
सत्यतालाई अङ्गाल्दैनन्
आँफैलाई सङ्गाल्दैनन्
सुन्दर फूल जीवनलाई
ब्यर्थैमा धिक्कार्छन
हेर्दा हेर्दै झरिजाने फूल सम्झि नरुनु है
हेर्दा हेर्दै झरिजाने फूल सम्झि नरुनु है
तर्दा तर्दै मकिजाने पुल सम्झि नरुनु है
मरिलानु केही छैन दुइदिने चोला हाम्रो
हाँसी खुशी ज्युँनु जाती कुल सम्झि नरुनु है
यथार्थमा जहाँ पनि घोडा चढ्ने मान्छे लड्छ
अन्जानी मै भइदिने भुल सम्झि नरुनु है
सपना जस्तो सुन्दर बिपना कहिल्यै हुन्न
अधुरो ति रहरको हुल सम्झि नरुनु है
अजम्वरी कोही छैन सृष्टि पछि अन्त्य हुन्छ
बग्दा बग्दै सुकिजाने मुल सम्झि नरुनु है
चाँगे: ५, ताप्लेजुङ
हाल: सिंगापुर

तिमीसँगै हुँदा पनि गजल कोरें मैले