Skip to content

रघु जोशी

जिवन

फुल फुल्छ एक दिन झरेर जान्छ ।
मान्छे जन्मन्छ एक दिन मरेर जान्छ ।

नलिनु है पिर कसैले जिवनमा ।
जो आउछ एक दिन टरेर जान्छ ।

मन मरेर समसान पुग्दा पनी ।
फेरी ज्युने आस गरेर जान्छ ।

जुनि भरी सधै साथ दिने मान्छे ।
सात समुन्द्र पारी तरेर जान्छ ।

सर्वस्व सारा लुटेर लगी ।
ज्युनु न मर्नु पारेर जान्छ ।।।

जिवन

फुल फुल्छ एक दिन झरेर जान्छ ।
मान्छे जन्मन्छ एक दिन मरेर जान्छ ।

नलिनु है पिर कसैले जिवनमा ।
जो आउछ एक दिन टरेर जान्छ ।

मन मरेर समसान पुग्दा पनी ।
फेरी ज्युने आस गरेर जान्छ ।

जुनि भरी सधै साथ दिने मान्छे ।
सात समुन्द्र पारी तरेर जान्छ ।

सर्वस्व सारा लुटेर लगी ।
ज्युनु न मर्नु पारेर जान्छ ।।।

लेखक

म लेखक हु,
जगतलाई पानामा लेख्ने गर्दछु ।
म अद्भुत दृष्टि हु,
मान्छे भित्रको आत्मालाई देख्ने गर्दछु।

कहीं मनले मनलाई सम्बोधन गरिरहेको देख्दछु,
म त्यसैलाई पानामा लेख्ने गर्दछु
कहीं मनले मनलाई मलामी वनाएको देख्दछु ‘
म त्यसैलाई पानामा लेख्ने गर्दछु ।

हारेको जीवन

असारको झरी जस्तै आशु झर्दैछ आज
चैतको उजाड पाखा जस्तै खडेरी पर्दैछ आज

कसैको सफलताको वयान हुदै गर्दा यहाँ
मेरो जीवनमा हारको भारी पर्दैछ आज

सम्झना

भमरा आउछ र सम्झन्छु बितेका दिनहरूलाई
गीत गाउछ र सम्झन्छु बितेका दिनहरूलाई

तिम्रो त्यो बेमैसमी मायाले विरलिएको मनमा
अँध्यारो छाउछ र सम्झन्छु बितेका दिनहरूलाई