Skip to content


म लेखक हु,
जगतलाई पानामा लेख्ने गर्दछु ।
म अद्भुत दृष्टि हु,
मान्छे भित्रको आत्मालाई देख्ने गर्दछु।

कहीं मनले मनलाई सम्बोधन गरिरहेको देख्दछु,
म त्यसैलाई पानामा लेख्ने गर्दछु
कहीं मनले मनलाई मलामी वनाएको देख्दछु ‘
म त्यसैलाई पानामा लेख्ने गर्दछु ।
कहीं शरदमा भरिएका भावहरू देख्दछु,
म त्यसैलाई पानामा लेख्ने गर्दछु
कहीं ग्रिष्ममा वगेका छालहरू देख्दछु,
म त्यसैलाई पानामा लेख्ने गर्दछु ।
म लेखक हु …

म सुख देख्दछु
त्यसैलाई पानामा लेख्छु
म दुख देख्दछु
त्यसैलाई पानामा लेख्छु।

अस्ति खुशी आत्माका हुलहरू देखे
लेख्दै सोचे खुसी मनको संसार भनेर
हिजो पीडाले विरक्तिएका आत्मा देखे
लेख्दै सोचे खुसी माथिको प्रहार भनेर।

आज पीडाले जलेका ती मन लेखिरहेछु,
आज आशुले गलेका ती मन लेखिरहेछु,
आज वेहोसीले ढलेका ती मन लेखिरहेछु।

किनकि
म लेखक हु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *