असारको झरी जस्तै आशु झर्दैछ आज
चैतको उजाड पाखा जस्तै खडेरी पर्दैछ आज
कसैको सफलताको वयान हुदै गर्दा यहाँ
मेरो जीवनमा हारको भारी पर्दैछ आज
तिम्रो दिर्घायुको कामना गर्दैछन दुनियाले
मेरो मृत्युले चिता आशा गर्दैछ आज
तिमी उता आकाशको चन्द्रमा छुदैछौ रे
मेरो आत्मा फेरि अर्को पटक मर्दैछ आज
