Skip to content

पुष्प जोशी

एउटा बिशेष उपहार

चुरोट र मेरो सम्बन्ध कहिले देखि सुरु भयो ठ्याक्कै बताउन त सक्दिन तर यो सम्बन्ध एउटा समयाबधिसम्म असाध्यै गाढा रह्यो। स्कुलको अन्तिम बर्षहरुतिर हो, शायद नौ-दसमा हुँदा, पहिलोपल्ट साथीहरुको लहैलहमा चुरोटक

परिवर्तन

‘क्रिस्मस ट्री ल्याउन त ढिला भयो भयो अब सजाउने काममा त सघाउ, क्रिसमस आउन केही दिन मात्रै त बाँकी छ अब, अरु सबै छिमेकिहरुले क्रिसमस ट्री सजाएको एक हफ्ता हुन लागिसक्यो ”

मलाई क्रिसमस ट्री सजाउन प्रयोग हुने बत्ती, घन्टिहरु, कपास अनी झिलिमिली कागजका टुक्राहरु भएको बाकस दिंदै मेलानी अरु साथीहरुलाई बोलाउन गइन।

बिजोग

मुग्लान भासिएको पनि छ बर्ष भईसकेको रहेछ। दु:खका दिनहरु बिस्तारै जान्छन्, सुखका दिनहरु चाँडो चाँडो जान्छन भन्ने सुनेको थिए तर मेरा त दु: खका दिनहरु नै पनि कति छिट्टै बितेछन। घरबार, परिवार, गाँउ, देश छोडेर यो परदेशमा आउने मन त कहाँ थियो र, समय र परिस्थितीले लाचार बनायो।
भोली सखारै म यो बिरानो शहर, बिरानो देश, बिराना मान्छेहरु छोडेर सँधैको लागि मेरै देश फर्किंदैछु। छ बर्ष बस्दा समेत यो शहर, यो देश मेरो आफ्नो हुन सकेन, यहाँका मान्छे मेरा आफ्ना हुन सकेनन।

अल्लाहको उपहार

वहिदा आज असाध्यै खुशी छिन्, खुशी पनि किन नहुन, चार बर्ष पछि उनको छोरा अब्दुलाह गाँउ आउँदैछ । वहिदा पक्षिम नेपालको कुनै सानो गाँउमा बस्छिन । परिवारमा उनक लोग्ने हमिद, उनकी सासु खालीदा बेगम र उनको छोरा अब्दुल्लाह छन्, जम्मा चार जना मात्र । यो गाँउमा ४० परिवार छन्, ३२ परिवार हिन्दू र ८ परिवार मुस्लिम । धार्मिक रुपमा फरक मान्यता भए पनि गाउँलेहरु मिलेर बसेका छन, यो गाँउमा । दसैं, तिहार, होली अनि बकर इद, इद उल फितरमा उस्तै रौनक हुन्छ । यो गाँउलाइ धार्मिक सहिस्णुताको नमुना गाँउ भन्दा अतियुक्ती हुँदैन ।

आमा

धेरै पहिलेको कथा हो, एउटी बुढी आमै आफ्ना दुईजना नातिहरुलाई साथमा लिएर कतै गइरहेकी थिइन। छोरीको छोरालाई काखमा बोकेकी थिइन, अनी छोराको छोराको हात समाएकी थिइन। त्यती नै बेला कता कताबाट एउटा भुस्याहा कुकुर उनिहरुको नजिक आउँछ। कुकुरलाई देखेपछी काखमा रहेको छोरीको छोराले आफ्नो तोतेबोलिमा भन्छ, ‘ए कुकुल, मलाई होइन यो बुडिलाई टोक है!’
आफ्नो भाईको कुरा सुन्ने बित्तिकै छोराको छोराले एउटा लट्ठि उठाउँदै भन्छ,’ ए कुकुर, मेरी बज्यैलाई टोक्ने हैन, नत्र तेरो टाउको फुटाइ दिन्छु।’

* * *