Skip to content

इन्द्रमणि नेपाल

यस्तो छ नेपाल यो

हेर्छु उच्च हिमाल दङ्ग परदै हो शिर मेरो भनी
ति पाखा र पहाड छन् सुनसरी संसारम मै धनी
खोला वग्छ सुसेली हालि दिनहुँ बाँड्दै मिठो संगीत
हावा चल्दछ सर्सरी गगनमा बोकेर मिठो प्रीत ।। १ ।।

मेचिलाई विपद् पर्यो यदि भने कोशि सधैं साथ छ
सम्मै फाँट पहाड ज्यान बलियो हिमालको माथ छ
पग्लिएर सधैंभरी हिमगिरी अमृत झैं बग्छ जो
सट्टामा रसिलो छ पर्वत अझै कैल्यै सकिदैन त्यो ।। २ ।।

गरीब

मान्छे हुन्छ गरीब जो छ मनको आफ्नै दरिद्री सदा
खाएर पनि जो छ तृप्त नहुने सम्पन्न बन्दा तथा
हुँदा सम्पति नै पनि हरघडी सन्तुष्टि कैल्यै नभै
जो छन् जिन्दगीदेखि रुष्ट ति सबै हुन्छन् दरिद्री सधैं

छैनन् दुख यदि जुटाउन मिठो पिठो हवस् त्यो भलै
गर्नु छैन परिश्रम कहिं कतै छन् दुख भन्छन् अझै
ठुला खर्च गरेर हिंड्दछ कतै मान्छे ठुलो हुँ भनि
आत्मा नै रहँदा गरीब अनि को बन्ला र कैले धनि

बस्छन् जो झुपडि सजाईकन नै खुशि सधैं छन् तिनै
चारो टर्छ यदि परिश्रम गरे पायो भने दिन्दिनै
भोको बस्नु यदि परे पनि कतै सन्तुष्टीले तृप्त जो
धन्वान् तेहि कहिन्छ सम्झ मन हो बन्दैन पैसा ठुलो

परदेशिको सन्देश स्वदेश फर्कनेलाई

दुखेको देशमा थोरै मल्हम् पट्टी लगाउनु
दुखेका मनका पिडा यहिंबाटै भगाउनु
आमाको ममता पाई नभुल्नु सपना हरु
कोशेली आँशुका थोपा पुर्याउ लानु के अरु

सम्झनु खाडिको घाम काम केहि मिल्यो भने
दुखेका श्रमका हात खाडिले नै निल्यो भने ?
जिन्दगी खिईदै जान्छ रेगिस्तान खडेरीमा
भविश्य खुम्चदै गा’छ कालरात्री अँधेरीमा

साउनमा

साउनमा

तिमी झर्झरायौ कलिलो धरामा
अनि वग्न थाल्यौ पखेरो गरामा
रसायौ भुमिका परेका चिरामा
रमायौ खुशिले घना कन्दरामा

जसै मेघ बन्दै खुशि गड्गडायो
सयौं वायु डर्दै अहो हड्वडायो
घचेट्यो र ढाक्यो सगर् मेघले नै
अनि ओढि घुम्टो भुमि बेहुली झैं

ति मोति सरिका बुँदा तप्प झर्दा
किसानी हरुको खुशि सामु पर्दा
सबै गाउँ बेंसी कति व्यस्त हुन्छन्
भुमी मन्द हाँस्छीन् ति आकाश रुन्छन्

हिलो खेत बारी हिलै छन् किसान
हिलोमा खुलेकी परि झन् महान
हिलो छप्छपाई उनि धान रोप्छिन्
हँसाई रमाई खुशि शब्द बोक्छिन्

छ वारी र पारि ति भाका मिलेका
असारे सवाई कराई झुलेका
कतै बेठि लाए मुखिया रमाए

तिम्रो पनि हो

एक साँझ,
जब गरें मैले तार घरमा
सुनियो दबेको स्वरमा
सञ्चै भएको खबर
सोधियो मेरो अवस्था र
कामना भयो सुखिरहने
तर त्यो आशिष दिने वृद्ध स्वर
काँपिरहेको थियो र
अड्किरहेका थिए हरेक शब्द
पुत्रको न्यास्रो मायामा
हो ती वृद्ध
मेरा मात्र हैन
तिम्रा पनि बा थिए ।।

खाडिको आगो

आगो यहाँ बल्दछ शिरमाथि
पञ्चाग्नी तातो त्यति हुन्न साथि
धपक्क रातो पनि देखिंदैन
त्यो मेघले खै किन छेकिदैन ? ।।१।।

पानि विनाको मछली सरी भै
यो मृतभुमी पृथिवी भरिकै
तड्पन्छ आफैं अनि रुन्छ आफैं
गर्दैन माया निठुरी छ साह्रै ।।२।।

सत्य नै धर्म हो

कोहि भन्छन् जग धरतीमा देवता बस्दछन् रे
कोहि भन्छन् सगर बीचमा आफु लुक्दै ति छन् रे
कोहि भन्छन् जिवहरुमहाँ अल्झदै गर्दछन् ती
कोहि भन्छन् पृथिवीतलमा बल्झदै झर्दछन् ती

ढुङ्गा माटो प्रकृति सब नै देवता भन्छ कोहि
सारा आत्माधरी जिवहरु देवता मान्छ कोहि
देख्छन् कोहि गरीबजनमा देवताको निवास
लेख्छन् कोहि सकल जीवको आत्ममा हुन्छ बास

अमर भानु

मेरो गाउँ पखेरीमा कवि तिमी बाँचिरहन्छौ तथा
आफ्नो नाउँ बचाई किर्ति बहुतै राखि गयौ सर्वदा
जन्मिई दुर वस्ति गाउँ बीचमा बोकेर भाषा स्वयं
देखायौ जगलाई संस्कृति सबै नेपाल हो सुन्दरम्

छोरा पण्डितका भएर पनि ति दुखिहरुका कथा
प्यारा बन्न गयौ र आफु बनियौ घाँसी गुरुका तथा
नेपाली सब मातृभाषिहरुको सच्चा गुरु पो बन्यौ
भाषा उन्नतीको प्रदर्शक भयौ सत्मार्ग बाटो खन्यौ

फर्केर आउन्न की ?

बस्छु दुर प्रवासमा म त अचेल्, छाडेर मातृभूमी
घुम्दै छिन् यी धरा सधैं बरु यतै, नेपाल आए हूनी
देख्छु जन्मथलो सधैं सपनीमा, कैल्यै अघाउन्न की ?
क्यै भर् हुन्न प्रवासको अब त्यहाँ, फर्केर आउन्न की ??
।।१।।

सागर तर्फ सधैं बगेर रहने, जस्तै नदी जिन्दगी
मृत्युका मुख तर्फ तेहि रितले, बढ्दै गरेको गती
बोकेको जति जे छ भारि शिरमा, ऐले बिसाउन्न की ?
क्यै भर् हुन्न प्रवासको अब त्यहाँ, फर्केर आउन्न की ??
।।२।।

कहाँ होलान्

कहाँ होलान्

हिड्दा हिड्दैको यात्रा
बिचैमा चटक्क छाडेर
हामी सबैबाट टाढा भएका
ति हाम्रा साथि कहाँ होलान्

उनि हुँदा यहाँको
वातावरण बेग्लै थियो
मधुर स्वर र मन्द मुस्कानमा
सबैको आँखामा बस्न सफल ति यात्री
अरु यात्रीभन्दा बेग्लै भएर
आफ्नो यात्रा बिचबाटोमै टुङ्ग्याएर
फुत्त जाने
ति हाम्रा अग्रज कहाँ होलान् ?

सम्झंदै छौं हामी आज
उनको निस्वार्थ भावना
उनको निशर्त मित्रता
उनको निशब्द आत्मियता
न त थिो रिसराग कसैसंग
न त थियो बैमनश्यता कहिल्यै
मात्र आफ्नो बाटो हिंड्ने र
अरुलाइ मार्गदर्शन गर्ने
अफ्नो लागी आफैं गर्नुपर्छ भन्ने उनि
खै किन हो

देश छाडेर जाऊ

पोहोर साल घरबाट आउँदा
साथीले कोशेली ल्याएर
तिमीलाई दिएको देश
यसपाला तिमीले नि
कसैलाई दिएर जाऊ है
किनकि देशबाट विदेश जाँदा
देश कोशेली लाने हो
विदेशबाट देश जाँदा
देश कोशेली लाने हैन

अनि हुनेछ नयाँ वर्ष

नित्य उदाउने घामको लागि
आएन कहिल्यै नयाँ दिन
हर रात चम्कने ताराहरूका लागि
आएन कहिल्यै नयाँ रात
न त जुनले खोज्यो नौलो गोधूलि कहिल्यै
न त्यसको प्रकाशले भेट्यो नौलो आभा
अनि हामीलाई के लाग्दैछ नौलो यो परिवेशमा
र मनाउदैछौं नयाँ वर्ष

IndraManiNepal

सुख के हो ?

बस्दा पाउन काखमा जननीको त्यो सुख हो कि कतै
मिल्दा खान मिठो मिठो हर घडि त्यो सुख हो कि कतै
आफ्ना भन्नु हुँदा सधैं वरिपरी कि सुख हुन्छन् त्यहाँ
या आफ्नै घर गाउँ साथ रहँदा खै सुख मिल्ने कहाँ ।।

पर्दा काम नगर्नु जिवन कतै त्यो सुख भन्छन् कति
गर्दा काम परिश्रम पनि कति खै दुख ? भन्छन् कति
आफु मालिक भै लिई श्रम अरु छन् कोहि खुशि हुने
बाँडेर पसिना सधैं अरुसँगै भेटिन्छ सुखि पनि ।।