कहाँ होलान्
हिड्दा हिड्दैको यात्रा
बिचैमा चटक्क छाडेर
हामी सबैबाट टाढा भएका
ति हाम्रा साथि कहाँ होलान्
उनि हुँदा यहाँको
वातावरण बेग्लै थियो
मधुर स्वर र मन्द मुस्कानमा
सबैको आँखामा बस्न सफल ति यात्री
अरु यात्रीभन्दा बेग्लै भएर
आफ्नो यात्रा बिचबाटोमै टुङ्ग्याएर
फुत्त जाने
ति हाम्रा अग्रज कहाँ होलान् ?
सम्झंदै छौं हामी आज
उनको निस्वार्थ भावना
उनको निशर्त मित्रता
उनको निशब्द आत्मियता
न त थिो रिसराग कसैसंग
न त थियो बैमनश्यता कहिल्यै
मात्र आफ्नो बाटो हिंड्ने र
अरुलाइ मार्गदर्शन गर्ने
अफ्नो लागी आफैं गर्नुपर्छ भन्ने उनि
खै किन हो
हिंड्दै गरेको बाटो नै बिर्सिएर
अर्कै बाटो पो लागेछन्
यसरी सबैलाई झुक्याएर भाग्ने
ति हाम्रा मार्गदर्शक कहाँ होलान् ?
सिक्नु थियो हामिले उनैबाट धेरैकुरा
जान्नु थियो उनिबाट
संसारको बारेमा
बुझ्नु थियो अलिकती
कस्तो हुन्छ मानवयिता भनेर
तर
संसार आफुले मात्र बुझे उनिले
हामिलाई केहि सिकाउन खोज्दा खोज्दै
सिक्ने काम नै अधुरो बनाएर जाने
ति हाम्रा छहारी कहाँ होलान् ?
देशलाई विदेश बनाएर
विदेशलाई देश बनाएका उनि
शायद जाने बेलामा
सम्झिए होलान् आमाको माया
कल्पिए होलान् बाबाको आशिर्वाद
ढोगे होलान् मनमनै मातृभुमि
र हावामा उडेर पक्कै
नेपाल नै त पुगे होलान्
देह लाई परदेशमा बिसाए पनि
विश्वास छ हामिलाई
उनको आत्मा
आफ्नै घर आँगनमा गएको होला
बसेको होला जन्मभुमिमा नै
रहेको होला शान्त र गम्भिर भएर ।।
(साहित्यकार तथा समाजसेवी स्व. श्री शिखर बैद्द्य को ४५ औं पुन्य तिथिमा रचित तथा वाचित उनैमा समर्पित कविता)
