Skip to content

सन्तोषी श्रेष्ठ

सपनामा पनि मेरो देश

मैले कहिल्यै परदेशका गगनचुम्बी
भवनहरू र चिल्ला सडकहरू सपनामा पनि देखिन ।
भुलेर पनि सपनामा पनि मेरो देशको
संस्कृति र संस्कारलाई कहिल्यै भुलिन।
मैले कहिल्यै स्वदेश छोडेर
परदेशको भूमिमा रमेको सपना पनि देखिन।
मैले सधैं मेरै देशका धार्मिक अनि
ऐतिहासिक धरोहरहरू देखिरहन्थे।

20190921_SantoshiShrestha-Gazhal

देशमा संविधान

देशमा संविधान, आएरै मात्रै के भो ?
लोकतन्त्रको नारा, गाएरै मात्रै के भो ?

निमुखा जनता नै सधैं निमोठिने त हुन् नि
बेकारको गणतन्त्र, चाहेरै मात्र के भो ?

अलबिदा रवीन्द्र दाइ

लेख्ने कुनै आँट नै आउँदैन
उनी छैनन् भन्ने जस्तै लाँउदैन
झल्झली उनका तस्बिरहरू मात्रै
आँखा अघि ओछ्याइरहेछन्
उनकै सम्झनामा सबैका आँखा
लोलाइरहेछ्न् रसाइरहेछ्न्
केही लेख्न खोजिरहेथे
मनले शब्दहरू छाट्नै सकेन

श्रमिक दिवस

हरेक बिहान उठेदेखिको
राती ओछ्यानमा नपुगुञ्जेलसम्मको
धमाधुस मात्र हैन
जन्मेर हिड्न थाले देखि
जवान हुँदासम्म उनले गरेको
साराका सारा मेहनतहरु,
फेरि जन्मघर छोडेर
कर्मघरलाई जन्मघरलाईभन्दा पनि

SantoshiShrestha-02

तिम्रो वियोगमा “यमबुद्ध”

जिउन सिकाउने नै मरेर गयौ नि
एक्कासि आत्महत्या गरेर गयौ नि

भन्थौ जित्नुभन्दा ठूलो हिम्म्त न हार्नु हो
आज आफैले आफैलाई हरेर गयौ नि

अरुको जीवनलाई चुनौती दिनेहरू

पागल बनेर अरुको जीवनलाई
चुनौती दिनेहरू देख्दा
आफ्नै मनले आफ्नै मनलाई
पागल बनाउँछ् ।
जब बाहिर अनेकौ पीडामा
उनीहरूको स्थिति देख्छु ।

SantoshiShrestha

जवाफ भोलि लिएर आउँछु

कोही भन्छन तिमीलाई चोली लिएर आउँछु
कोही भन्छन् तिमीलाई डोली लिएर आउँछु

सुनाउछ्न् मिठा कुरा,देखाउछन् मिठा सपना
तिम्रा लागि खुशीको खोली लिएर आउँछु