मैले कहिल्यै परदेशका गगनचुम्बी
भवनहरू र चिल्ला सडकहरू सपनामा पनि देखिन ।
भुलेर पनि सपनामा पनि मेरो देशको
संस्कृति र संस्कारलाई कहिल्यै भुलिन।
मैले कहिल्यै स्वदेश छोडेर
परदेशको भूमिमा रमेको सपना पनि देखिन।
मैले सधैं मेरै देशका धार्मिक अनि
ऐतिहासिक धरोहरहरू देखिरहन्थे।
लेख्ने कुनै आँट नै आउँदैन
उनी छैनन् भन्ने जस्तै लाँउदैन
झल्झली उनका तस्बिरहरू मात्रै
आँखा अघि ओछ्याइरहेछन्
उनकै सम्झनामा सबैका आँखा
लोलाइरहेछ्न् रसाइरहेछ्न्
केही लेख्न खोजिरहेथे
मनले शब्दहरू छाट्नै सकेन
हरेक बिहान उठेदेखिको
राती ओछ्यानमा नपुगुञ्जेलसम्मको
धमाधुस मात्र हैन
जन्मेर हिड्न थाले देखि
जवान हुँदासम्म उनले गरेको
साराका सारा मेहनतहरु,
फेरि जन्मघर छोडेर
कर्मघरलाई जन्मघरलाईभन्दा पनि