लेख्ने कुनै आँट नै आउँदैन
उनी छैनन् भन्ने जस्तै लाँउदैन
झल्झली उनका तस्बिरहरू मात्रै
आँखा अघि ओछ्याइरहेछन्
उनकै सम्झनामा सबैका आँखा
लोलाइरहेछ्न् रसाइरहेछ्न्
केही लेख्न खोजिरहेथे
मनले शब्दहरू छाट्नै सकेन
गहिरो ती समवेदनाहरुलाई
शब्दले शब्दमा उतार्नै सकेन
अँझै पनि यो मनले
उनको आश मेट्दै मेट्दैन
ऊ अँझै छ जस्तै लाग्छ
ऊ अँझै बोल्छ जस्तै लाग्छ
ल है युवाहरू हो
देशका निम्ति केही गर्नुपर्छ भन्दै
जुरुक्क उठेर, मुट्ठी कसेर
ल है जागौ युवाहरू भन्छ जस्तै लाग्छ
पोखरेलीहरू, किन आस मारेको??
म छु नि है, भन्छ जस्तै लाग्छ
त्यो योजनाको फाइल
फेरि हातमा देखाउदै
ल है अब बिमानस्थलको काम
अघि बढ्छ भन्छ जस्तै लाग्छ
ऊ छैन भन्ने नमिठो आभास
अहँ, मनले पिट्टिक्कै मान्दैन
ऊ अँझै आउँछ जस्तै लाग्छ
पर्यटन विकासका निमित्त
कोरिएका ती खाकाहरू लिएर
अँझै पनि त्यहीँ हासो सहित
फेरि लागिपर्न आउँछ् जस्तै लाग्छ
उन्का ती हसिला अनि
गम्भीर तस्बिरहरू हेरिरहदा
के छ ?ठिक छ?भन्दै
फेरि प्रश्न सोध्छ जस्तै लाउछ
सुनेको कुरा न हो
भगवानले पनि राम्रै मान्छे चुन्छ्न् रे
राम्रै मान्छेलाई दु:ख दिन्छन् रे
अनि राम्रै मान्छेलाई छिट्टै
आफू साथै लान्छ्न् रे
बस्, यसमै मन बुझाउनु परेको छ
मन मुटु गाठ्ठो पार्दै
टिल्पिलाएका आँखाहरुले
रित्तो रित्तो भारी मनले
बिदाइका हातहरू हल्लाउनु परेको छ
प्रिय रबिन्द्र दाइ,
छिट्टै अर्को जन्म लिएर आउँनु
यही सुन्दर नेपालमै
फेरि उस्तै असल सुपुत्र बनेर
अलबिदा रवीन्द्र दाइ !
(स्व रवीन्द्र अधिकारीमा समर्पित)
