Skip to content

तिम्रो वियोगमा “यमबुद्ध”

SantoshiShrestha-02


जिउन सिकाउने नै मरेर गयौ नि
एक्कासि आत्महत्या गरेर गयौ नि

भन्थौ जित्नुभन्दा ठूलो हिम्म्त न हार्नु हो
आज आफैले आफैलाई हरेर गयौ नि

तिम्रै सिर्जनाले नै मनको व्यथा भुलाउथे
तिम्ले नै मनभरी पीडाहरू भरेर गयौ नि

आखै अघि तिमीलाई भेट्ने मिठो सपना थियो
नभेटिने गरी बादलसँगै सरेर गयौ नि

साथ छोड्ने छैन भन्थ्यौ कहिल्यै
आज आकाशको तारा झै झरेर गयौ नि

बेचैन छु म तिम्रो वियोगमा “यमबुद्ध”
चारैतिर अन्धकार छरेर गयौ नि

सन्तोषी श्रेष्ठ
शुक्लागण्डकी-३ दुलेगौडा,तनहुँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *