Skip to content

बिराज खनाल

अधुरो माया

सपना झैँ भयो अाज तिम्रा मेरा साथहरू
नछामेकै भए हुन्थ्यो गला रेट्ने हातहरू।।

अाँखासँगै मुटु जुध्थ्यो एकछिन मात्रै फुर्सद पाउँदा
मुटुदेखि टाढा भयाै हानिहाल्याै लातहरू।।

पछ्याउँदै तिमीसँग

पछ्याउँदै तिमीसँग अब कहिल्यै आउने छैन
बिन्ति अब बिर्सिदेऊ तिम्रो घर धाउने छैन ।।

प्रीतिको गीत सुनी भेट्न तिमी अब छाडीदेऊ
बिर्सेर नि कहिल्यै पनि प्रीतिको गीत गाउने छैन ।।

अन्धकारमा डुबाइदियाै झुटो प्रेम देखाएर
तारा अनि जून पनि अाकाशमा छाउने छैन ।।

बालश्रम

मत नोकर हुँ, मेरा प्रिय बालसखा तिमी मेरा साना मालिक
ढुङ्गा त दुवै ढुङ्गा हौँ, म बगरको तिमी पुज्य सालिक
जन्मजात विपुल सम्पत्तिका धनी हौ तिमी म कङ्गाल
केवल दश नङ्ग्र मेरा सम्पत्ती खिइँदैछन हरेक साल
तिमी युगका सारथी हौ साथी भविष्यका कर्णाधार
म त बालश्रमिक हुँ साथी, उज्यालो युगको अन्धकार ।