Skip to content

पछ्याउँदै तिमीसँग


पछ्याउँदै तिमीसँग अब कहिल्यै आउने छैन
बिन्ति अब बिर्सिदेऊ तिम्रो घर धाउने छैन ।।

प्रीतिको गीत सुनी भेट्न तिमी अब छाडीदेऊ
बिर्सेर नि कहिल्यै पनि प्रीतिको गीत गाउने छैन ।।

अनुहारमा सोझी लाग्थ्याै तर अाखिर स्वार्थी रैछाै
कर नगर अब तिमी मैले माया लाउने छैन ।।

अन्धकारमा डुबाइदियाै झुटो प्रेम देखाएर
तारा अनि जून पनि अाकाशमा छाउने छैन ।।

विश्वास गरि माया लाको अाखिर धोका खाइहालेँ
प्रेम गर्छु भनी मैले मुख अब बाउने छैन ।।

छिन-छिन मै हेरिरहँदा मलाई माया गर्थिन लाग्थ्यो
मन चित्र नै पिल्सिएको त्यो अाश अब पाउने छैन ।।

सुखै-सुखमा रम्दै छाै रे अरूलाई नै स्विकारेर
तिम्रो नयाँ जोडीको बीत कहिल्यै अब अाउने छैन ।।

पछ्याउँदै तिमीसँग अब कहिल्यै आउने छैन
बिन्ति अब बिर्सिदेऊ तिम्रो घर धाउने छैन ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *