Skip to content

अधुरो माया


सपना झैँ भयो अाज तिम्रा मेरा साथहरू
नछामेकै भए हुन्थ्यो गला रेट्ने हातहरू।।

अाँखासँगै मुटु जुध्थ्यो एकछिन मात्रै फुर्सद पाउँदा
मुटुदेखि टाढा भयाै हानिहाल्याै लातहरू।।

बाहिरी मन हाँसेको छ भित्री दिल दुखाएर
अन्धकार लाग्छ अाज पूर्णिमाका रातहरू।।

कति बुन्थेँ सपनाहरू तिमीलाई पाउँछु भनी
कति कठोर हुँदा रैछन् निर्दयीका बातहरू।।

खुशी हुनु सधैँ तिमी मलाई छोडी गए पनि
मलाई जस्तै उसलाई पनि नदिनु है घातहरू।।

सपना झैँ भयो अाज तिम्रा मेरा साथहरू
नछामेकै भए हुन्थ्यो गला रेट्ने हातहरू।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *