Skip to content

मुन्शी प्रेमचन्द

देशको सेवक (अनूदित लघुकथा)

देशको सेवकले भन्यो – देशको मुक्तिको एक मात्र उपाय छ अनि त्यो हो तल्लो जातका मानिसहरूसँग पनि भाइचाराको सम्बन्ध, दलीतहरूसँग पनि बराबरीको ब्यवहार। संसारमा सबै दाजु-भाइ हुन, कोही तल्लो र माथिल्लो जात हुँदैन।

जनताले जय-जयकार गरे – कति विशाल दृष्टि, कति भावुक हृदय!

उसकी सुन्दर छोरी इन्दिराले यो कुरा सुनी अनि चिन्ताको सागरमा डुब्न थाली।

बाबाजीको भोग (अनूदित लघुकथा)

रामधन अहीरको दैलोमा एक साधु आएर भन्यो – “बाबु तिम्रो कल्याण होस, साधुमाथि केही श्रद्धा देखाऊ।”

रामधनले श्रीमतीसँग भन्यो – “दैलोमा साधु आएका छन, उनलाई केही ल्याएर दे।”

श्रीमती भाँडा माझ्दै थिई, र यो चिन्ताले ग्रस्त थिई कि आज खाना के बनाउने, घरमा अन्नको एक दाना पनि थिएन। चैतको महिना थियो। तर यहाँ त दिउँसै अन्धकार व्याप्त थियो। उब्जनी सबै खेतबाटै उठेको थियो।

बन्द ढोका (अनूदित लघुकथा)

सूर्य क्षितिजबाट निक्लियो, बच्चो झोलुङ्गोबाट। उही स्निग्धता, उही रङ्गरूप, उही मस्ती, उही चमक।

म बार्दलीमा बसिरहेको थिएँ। बच्चोले ढोकाबाट चिहायो। मैले मुस्काउँदै बोलाएँ। ऊ मेरो काखमा आएर बस्यो।

उसको बदमासी शुरू भयो। कहिले कलमतिर हात बढाउँथ्यो, कहिले कागज तिर। मैले काखबाट उतारी दिएँ। ऊ कुर्सीको खुट्टा समातेर उभीइरह्यो। घर गएन। ढोका खुल्लै थियो।

देवी (अनूदित लघुकथा)

रात शीतले भिजीसकेको थियो। म बार्दलीमा उभीइरहेको थिएँ। मेरो सामुन्ने अमीनुद्दौला पार्क निद्रामा मस्त थियो। मात्र एक महिला अडेस लगाउन मिल्ने बेञ्चमा बसीरहेकी थिई। पार्कको बाहिर सडकको छेऊमा एक अन्धो पथिकहरूलाई आशिष दिँदै थियो – अल्लाह तथा रसूलको नाममा … राम अनि भगवानको नाममा – यो अन्धोमाथि उपकार गर्नुहोला।