उचाइ (अनूदित कविता) अटल बिहारी वाजपेयी एकदेव अधिकारी अनूदित कविता by एकदेवSeptember 15, 20142 Commentsअग्ला पहाडहरूमा, रूख हुँदैनन्, बिरूवा उम्रन्नन्, न त घाँस नै टिक्न सक्छ । टिक्छ त मात्र बरफ, जो, कात्रो जस्तै सेतो अनि, मृत्यु जस्तै चीसो हुन्छ । हाँस-खेल गर्दै डुल्ने नदी, जसको रूप धारण गरेर, आफ्नो भाग्यमा थोपा-थोपा रोइरहन्छे ।