अनूदित कविता
मलाई थाहा छ पिजडामा कैद चरा किन गाउँछ
एक स्वतन्त्र चरा पवन पछ्याउँदै उफ्रन्छ
र परपरसम्म तैरन्छ
त्यति बेलासम्म जति बेला बहाबको बैठान हुन्छ
र उसको पखेटा सूर्यको पहेंला–राता किरणहरूमा डुब्की लगाउँछ
र ऊ गगनमाथिको अधिपत्वको दावी गर्ने साहास गर्छ
तर एक चरा जो साँगुरो पिजडा भित्र खुम्चेर हिंड्छ
कदापि बुझ्न सक्दैन ऊ माथिका आक्रोशका छेकवारहरू
उसका पखेटाहरू काटिएका छन अनि खुट्टाहरू बाँधिएका छन
र पो ऊ आफ्नो घांटी उघार्छ गाउनका निमित
जहाँ मष्तिष्क भयरहित हुन्छ (अनूदित कविता)
जहाँ मष्तिष्क भयरहित हुन्छ र शीर उँचो हुन्छ;
जहाँ ज्ञान स्वतन्त्र हुन्छ;
जहाँ संसार आन्तरिक साँघुरो पर्खालले टुक्रा-टुक्रामा बिभक्त भएको छैन;
जहाँ शब्दहरू सत्यको गहिराईबाट उच्चारित हुन्छ;
जहाँ थकानरहित प्रयत्नहरू पूर्णतातर्फ अग्रसर हुन्छन्;
जहाँ प्रष्ट विवेकको मुस्लोले अन्धविश्वासको भयावह मरूभूमिमा बाटो बिराउँदैनन्;
जहाँ मष्तिष्क सधैँ विचार र कार्यको अग्रगमन तर्फ यहाँद्वारा डोऱ्याइन्छ –
त्यही स्वतन्त्रताको स्वर्गमा, हे परमपिता, मेरो देशलाई ब्यूँझाइदिनुहोस।

ऊ सर्पमा रुपान्तरित भएपछि