अनूदित कविता

भोकाएको सर्प

ऊ सर्पमा रुपान्तरित भएपछि
शहर सर्पको आतंकले आतंकित बन्यो ।

स्वायायायां
यो ऊ भन्ने नै रहेन
जे भेट्टाए नि निलेको छ छ
आफूले जन्माएको बच्चाहरू समेत ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

समय छैन

  • by

समय छैन, समय छैन,
यो कुरा आजकल सबका लागि बन्यो
जसलाई सोध्नुस्, समय छैन,
हरेकलाई आजकल विशेष बन्यो ।
पढ्नका लागि समय छैन,
भेट्नका लागि समय छैन
प्रातः कालमा उठ्नका लागि समय छैन
जन्म दिने आमाबुबाका लागि समय छैन,

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

उचाइ (अनूदित कविता)

अग्ला पहाडहरूमा,
रूख हुँदैनन्,
बिरूवा उम्रन्नन्,
न त घाँस नै टिक्न सक्छ ।

टिक्छ त मात्र बरफ,
जो, कात्रो जस्तै सेतो अनि,
मृत्यु जस्तै चीसो हुन्छ ।
हाँस-खेल गर्दै डुल्ने नदी,
जसको रूप धारण गरेर,
आफ्नो भाग्यमा थोपा-थोपा रोइरहन्छे ।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

धरा (अनूदित कविता)

ताडीका ओइलिएका पातहरूलाई सुकाउने हावा –
हन्तकाली वर्षा –
गुफाजस्तै ठूलो मुख बाउने समुद्र –
पहाडको चुचुरोको तीखो ठुँड –
समय टिप्छ संसार

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
SajanKumar

मलाई थाहा छ पिजडामा कैद चरा किन गाउँछ

एक स्वतन्त्र चरा पवन पछ्याउँदै उफ्रन्छ
र परपरसम्म तैरन्छ
त्यति बेलासम्म जति बेला बहाबको बैठान हुन्छ
र उसको पखेटा सूर्यको पहेंला–राता किरणहरूमा डुब्की लगाउँछ
र ऊ गगनमाथिको अधिपत्वको दावी गर्ने साहास गर्छ

तर एक चरा जो साँगुरो पिजडा भित्र खुम्चेर हिंड्छ
कदापि बुझ्न सक्दैन ऊ माथिका आक्रोशका छेकवारहरू
उसका पखेटाहरू काटिएका छन अनि खुट्टाहरू बाँधिएका छन
र पो ऊ आफ्नो घांटी उघार्छ गाउनका निमित

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जहाँ मष्तिष्क भयरहित हुन्छ (अनूदित कविता)

जहाँ मष्तिष्क भयरहित हुन्छ र शीर उँचो हुन्छ;
जहाँ ज्ञान स्वतन्त्र हुन्छ;
जहाँ संसार आन्तरिक साँघुरो पर्खालले टुक्रा-टुक्रामा बिभक्त भएको छैन;
जहाँ शब्दहरू सत्यको गहिराईबाट उच्चारित हुन्छ;
जहाँ थकानरहित प्रयत्नहरू पूर्णतातर्फ अग्रसर हुन्छन्;
जहाँ प्रष्ट विवेकको मुस्लोले अन्धविश्वासको भयावह मरूभूमिमा बाटो बिराउँदैनन्;
जहाँ मष्तिष्क सधैँ विचार र कार्यको अग्रगमन तर्फ यहाँद्वारा डोऱ्याइन्छ –
त्यही स्वतन्त्रताको स्वर्गमा, हे परमपिता, मेरो देशलाई ब्यूँझाइदिनुहोस।

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
IhaKarki

युद्ध

बन्दुक उठाउदै सिपाहीहरू टाढासम्म मार्च गरे
अनि जानुपर्ने समय आयो युद्ध गर्न झरे
हेर्दै खोज्दै भीड्न आउनेलाई
तिनीहरू बलबुताले लडिरहेछन् लडाइँ

सिपाहीहरू मार्च गरे बहादुरी र गौरव मानी
डराएनन् तयार भए चिहान जान पनि
वरिपरि सर्वत्र बन्दुकहरू पड्के
बिचरा मरेका सिपाहीहरू जमिनमा लडे

  •  
  •  
  •  
  •  
  •  
  •  
  •