अग्ला पहाडहरूमा,
रूख हुँदैनन्,
बिरूवा उम्रन्नन्,
न त घाँस नै टिक्न सक्छ ।

टिक्छ त मात्र बरफ,
जो, कात्रो जस्तै सेतो अनि,
मृत्यु जस्तै चीसो हुन्छ ।
हाँस-खेल गर्दै डुल्ने नदी,
जसको रूप धारण गरेर,
आफ्नो भाग्यमा थोपा-थोपा रोइरहन्छे ।

यस्तो उचाइ,
जसको स्पर्श
पानीलाई ढुङ्गा बनाउँछ,
यस्तो उचाइ
जसको दर्शन मात्रले हीन भाव पैदा गराउँछ,
अभिनन्दनको हकदार छ,
आरोहीहरूको लागि आमन्त्रण गर्दछ,
त्यहाँ झन्डा गाड्न सकिन्छ ।

तर कुनै भँगेरा,
त्यहाँ गुँड बनाउन सक्दैन,
न कोही थाकेको पथिक,
त्यसको छहारीमा केही बेर सुस्ताउन सक्छ ।

सच्चाइ त के हो भने
केवल उचाइ मात्र पर्याप्त हुँदैन,
सबैभन्दा अलग,
परिवेशभन्दा पृथक्,
आफन्तहरूबाट काटिएर- छाँटिएर,
शून्यमा एक्लै उभिनु,
पहाडको महानता होइन,
बाध्यता हो ।
उचाइ र गहिराइमा
आकाश-पातालको दूरी हुन्छ ।

जो जति उचो हुन्छ,
त्यत्ति नै एक्लो हुन्छ,
हरेक भारी आफैँ उठाउँछ,
अनुहारमा मुस्कान टाँसेर,
मनमनै भक्कानिन्छ।

जरूरी के छ भने
उचाइको साथ-साथ बिस्तार पनि होस्,
जसले मानव,
अग्लो ठुटो जस्तो नहोस्,
अरूसँग घुलमिल होस्,
कसैको साथ लियोस्,
कसैसँग हिँडोस् ।

भिडमा हराउनु,
सम्झनामा डुब्नु,
अस्तित्वको अर्थ हो,
जीवनलाई सुगन्ध दिने गर्छ ।

संसारलाई बामपुड्केहरूको होइन,
अग्लो शरीर भएका मानवहरूको खाँचो छ ।
यति अग्ला कि आकाश छुन सकून्,
नयाँ नक्षत्रहरूमा प्रतिभाका अङ्कुर छर्न सकून्।

तर यति अग्लो पनि होइन कि,
पैताला मुनि दुबो नटिकोस्,
काँडा नबिझोस्,
कुनै फूल नफुलोस् ।

न वसन्त होस्, न पतझर,
होस् त मात्र उचाइको अहमता,
मात्र एक्लोपनको नीरवता ।

मेरो प्रभु !
मलाई यति उचाइ कहिल्यै नदिनुहोला,
पराइलाई अँगाल्न नसकूँ
यति रूखोपन पनि नदिनू ।

-अटल बिहारी वाजपेयी

First published on : 2014-09-02 20:05:08 +0545

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

2 thoughts on “उचाइ (अनूदित कविता)”

  1. अग्ला पहाडहरुमा,
    रूख

    अग्ला पहाडहरुमा,
    रूख हुँदैनन्,
    बिरूवा उम्रन्नन्,
    न त घाँस नै टिक्न सक्छ ।

    टिक्छ त मात्र बरफ,
    जो, कात्रो जस्तै सेतो अनि,
    मृत्यु जस्तै चीसो हुन्छ ।
    हाँस-खेल गर्दै डुल्ने नदी,
    जसको रूप धारण गरेर,
    आफ्नो भाग्यमा थोपा-थोपा रोइरहन्छे ।

    यस्तो उचाइ,
    जसको स्पर्श
    पानीलाई ढुङ्गा बनाउँछ,
    यस्तो उचाइ
    जसको दर्शन मात्रले हीन भाव पैदा गराउँछ,
    अभिनन्दनको हकदार छ,
    आरोहीहरूको लागि आमन्त्रण गर्दछ,
    त्यहाँ झन्डा गाड्न सकिन्छ ।

    तर कुनै भँगेरा,
    त्यहाँ गुँड बनाउन सक्दैन,
    न कोही थाकेको पथिक,
    त्यसको छहारीमा केही बेर सुस्ताउन सक्छ ।

    सच्चाइ त के हाे भने
    केवल उचाइ मात्र पर्याप्त हुँदैन,
    सबैभन्दा अलग,
    परिवेशभन्दा पृथक्,
    आफन्तहरूबाट काटिएर- छाँटिएर,
    शून्यमा एक्लै उभिनु,
    पहाडको महानता होइन,
    बाध्यता हो ।
    उचाइ र गहिराइमा
    आकाश-पातालको दूरी हुन्छ ।

    जो जति उचो हुन्छ,
    त्यत्ति नै एक्लो हुन्छ,
    हरेक भारी आफैँ उठाउँछ,
    अनुहारमा मुस्कान टाँसेर,
    मनमनै भक्कानिन्छ।

    जरूरी यो के छ भने
    उचाइको साथ-साथ बिस्तार पनि होस्,
    जसले मानव,
    अग्लो ठुटो जस्तो नहोस्,
    अरूसँग घुलमिल होस्,
    कसैको साथ लियोस्,
    कसैसँग हिँडोस् ।

    भिडमा हराउनु,
    सम्झनामा डुब्नु,
    अस्तित्वको अर्थ हो,
    जीवनलाई सुगन्ध दिने गर्छ ।

    संसारलाई बामपुड्केहरूको होइन,
    अग्लो शरीर भएका मानवहरूको खाँचो छ ।
    यति अग्ला कि आकाश छुन सकून्न
    नयाँ नक्षत्रहरूमा प्रतिभाका अङ्कुर छर्न सकून्।

    तर यति अग्लो पनि होइन कि,
    पैताला मुनि दुबो नटिकोस्,
    काँडा नबिझोस्,
    कुनै फूल नफुलोस् ।

    न वसन्त होस्, न पतझर,
    होस् त मात्र उचाइको अहमता,
    मात्र एक्लोपनको नीरवता ।

    मेरो प्रभु !
    मलाई यति उचाइ कहिल्यै नदिनुहोला,
    पराइलाई अँगाल्न नसकूँ
    यति रूखोपन पनि नदिनू ।

    -अटल बिहारी वाजपेयी

    मलाइ यो कविता अति नै मन परेको छ । त्यसैले मैले पनि यसलाइ कमेन्टको रुपमा नै प्रयोग गरेको छु । कृपया अन्यथा लिनुहुनेछैन ।

    1. धन्यवाद होम जी, म अन्यथा लिएर
      धन्यवाद होम जी, म अन्यथा लिएर मेरो भलाइ चाहनुहुने मित्र गुमाउन चाहन्न।

      भाषा सम्पादनको लागि फेरी पनि धन्यवाद।

Leave a Reply

Your email address will not be published. Required fields are marked *