Skip to content

उषा गिरी

UshaGiri-03

नाच्ने पर्व तीज

  • by

बर्षा ऋतुको बिदाइ र
सरद ऋतुको आगमनसँगै
थकाईको अनुभूतिलाई बिर्सेंर
मदमत्त भएर उर्लने सागर झैँ
वैंशालु रहर साट्न
मादलुको घिन्ताङ्गे तालमा रमाउन
मीठामीठा लोक गीत गाउदै
खुला पहाड र कर्मशील बस्तीहरूमा
छमछमी आएकी छौ तीज ।

रङ्गिन सपनाहरू

  • by

जीवनका रङ्गिन सपनाहरू
जङ्गलका कन्दमुल खाएर होस्
वा रमाइला क्षेणहरू लुटेर होस्
भावुकताको पोखरीमा
स्वतन्त्र रुपमा
अरुको मन नदुखाई
भूगोलको कुनै पनि कुनामा

मनहरूलाई

  • by

सुनसान रातमा
गाउँको चौतारीको
रहर लाग्दि, झ्याङ्गिएर बेरिएको
शीतलताले
च्यातिएको मनहरूलाई
शीतलता नदिंदोरहेछ
बादलका पछ्यौरीभित्र
कोमल हाँसो
पवित्र स्नेह सम्झन्छु
गाउँघर पाखा पखेरा

आमा

जीवनसँग जुझ्दै
हारहरूलाई स्वीकार्दै
दृढ अठोट मनभरि पाल्दै
बिचलित नभैकन
चुला र चौकामा
ढिकी र जातोमा
विवशतामा रमाइरहेकी
प्रफुल्ल मेरी आमा
तिमीले आफ्नो
पीडाको क्षणलाई
हाँसी-हाँसी
हामीलाई हसाउँदै
अस्मिताको जोखिमहरूलाई भुली

बैसालु मनहरूमा (तीजको कविता)

  • by

छातीभित्रको असैह्य पीडालाई
हाँसो र खुशीमा बदल्दै
बितेका बर्षहरू झै
बैंसालु मनहरूमा
सुमधुर मुस्कान छर्दै
के तराई के पहाड
के स्वदेश के बिदेश
रातो साडी र हरियो पोतेमा
उल्लास, आनन्द र रोमान्चक
अनुभुती साट्न
भावयुक्त सुन्दर र गहन
गीतहरू सङ्गै
आएकाछौ तीज
तिमीलाई स्वागतछ
झुप्रा र महलहरूमा।

UshaGiri

बादल फाट्न सक्छ

  • by

समयको खाली सिउँदोमा
रङ्ग भर्ने कोशिष नगर
सीमारेखा लामो छ
अन्धकार सँगै
बादल फाट्न सक्छ
डाँडा-पाखा हिजो जस्तो छैन
पूर्ण बिराम र
प्रश्न बाचकहरू सँगै
जीवन धमिलिन सक्छ

काँडा मनपर्छ

  • by

हरियाली फाँटभन्दा सुक्का डाँडा मनपर्छ
फूलभन्दा धेरै मलाई काँडा मनपर्छ

नारीलाई होच्याउने पाखन्डीको माझमा
अरुको भाब नबुझ्नेले सुस्ताउछन साझमा
पूर्णिमाको प्रकाशभन्दा साझ मनपर्छ
फूलभन्दा धेरै मलाई काँडा मनपर्छ

आमा

  • by

आमा आज म त्यसै त्यसै तडपी रहेछु
खुम्ची रहेछु करुणा र बिसाद पिडाहरुमा
दु:ख को भयानक महासागरहरुमा
कहाली लागिरहेछ असह्य पिडा का पुकारहरु देखेर।

जीबन

  • by

पश्च्यतापमा डुबी जीबन जीर्ण न बनाउ
जीबन एक इस्वर को उपहार हो,
चट्यानमा फुल्ने सुनखरी त बाचिरहेछ
न जल न मल
यो पनि त भगवान को बरदान हो,