Skip to content

काँडा मनपर्छ

  • by


हरियाली फाँटभन्दा सुक्का डाँडा मनपर्छ
फूलभन्दा धेरै मलाई काँडा मनपर्छ

नारीलाई होच्याउने पाखन्डीको माझमा
अरुको भाब नबुझ्नेले सुस्ताउछन साझमा
पूर्णिमाको प्रकाशभन्दा साझ मनपर्छ
फूलभन्दा धेरै मलाई काँडा मनपर्छ

ढिकी जाँतो साँझ बिहान ब्यस्त सधैं नारी
थकाई निद्रा थाहै हुन्न जिउने कसो गरी
मुस्कुराउने यहाँ धेरै आँसु झार्ने मनपर्छ
फूलभन्दा धेरै मलाई काँडा मनपर्छ
 

चारपाने झापा
हाल:ब्रुस्सेल्स

Leave a Reply

Your email address will not be published. Required fields are marked *