Skip to content

सुन्यतामा

  • by


आजकाल किन
दोबाटोमा अत्रिप्त प्यास
र गुम्सेको भावनाले
मानबता बिछ्याइ रहेकाछौ,
पूर्णबिरामलाई बिर्सिएर
अन्तरिक्षको सपना
मात्र सुन्यतामा?
बर्तमानको सिढीलाई
जीवनको मात लागेकोछ
आजको यान्त्रिक मनुष्य
पाइला पाइलामा
पछुताउछ
मौन रुन्छ एकान्तको
काखमा,
बिते थुप्रै बिभत्स
यामहरु यथार्थमा तिम्रा,
भबिष्यले तिम्रो
कृतिहरु कोरिरहेछ
असन्ख्य बिचारहरुमा
अबिसापको युग
सल्बलाउछ
स्वतन्त्रताको धरातलमा।

चारपाने झापा
हाल ब्रुस्सेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *