Skip to content

साङ्गकेन बान्तवा

कविता

आकाशले निलो पच्छयौरि ओढेको दिन एक हुल
ताराहरू पहाडले छेकिदै भूमिगत भएछन
बादलको बगैचामा इन्द्रेणी फुलेछ एक अनुहार
युगको विम्ब खोलाले रङ्ग कोरेछ !
त्यही समय जन्मिएछु म

हस्ताक्षर

असामयिक जीवन –
सार्है सुन्दर लाग्दैछ
जन्म प्रतिको विरोध छैन मनमा
निरर्थक पनि सार्थक लाग्न थाल्यो
अमुर्त पीडाहरू –
मुर्त-रोचक लाग्न थाल्यो
मनका –
अनाधिकृत उट्पट्याङ सम्वादहरू,
अधिकारिक लाग्न थाल्यो