आकाशले निलो पच्छयौरि ओढेको दिन एक हुल
ताराहरू पहाडले छेकिदै भूमिगत भएछन
बादलको बगैचामा इन्द्रेणी फुलेछ एक अनुहार
युगको विम्ब खोलाले रङ्ग कोरेछ !
त्यही समय जन्मिएछु म

म जन्मिएपछि आँखाहरूले- उज्यालो प्रकाशको अनन्त
उचाइ खोज्न थाल्यो जब हिंड्न थाले –
पानी पधेरि, चोक चौतारीहरूमा भेटे –
निहत्थाको छातीमा अत्याचारको पद्चापहरू देखे –
झुपडीको मुल खाबोमा अन्न्यायका डोबहरू
अँध्यारो अगेना सङ्गै अबोध
आँखाहरूमा पीडाका धर्साहरू
र देखे
बलेसीमा रक्तिम छाया पोतेर जादै
गरेको सूर्यास्तको अन्तिम दृश्य

अ हो ! के भैरहेछ यो ?
सोझ्याए ३६० क्यामेरा – लम्पसार समयको सिङ्गल
फोटो खिचे फोटोमा –
दन्त्यकथाको वायुपङ्खी घोडा जस्तो देखियो समय
। तर अपाङ्ग !
म चिच्याए-
कुन अपराधीले यसको एउटा आँखा फुटाइ दियो ? कुन
पापिले एउटा खुट्टा भाचिदियो ?
कस्ले …कस्ले ..हँ ?
कसले अपाङ्ग बनायो यो समय ? सडक देखी सदनसम्म
बेहिसाब सम्वाद गरिहिडे । सोधिहिडे – खोजिहिडे
सचेतनाको आवाज बोकिहिडे ।

सोचे-
यो फोटो गुगलमा टासी दिन्छु ! समय सख्त घाइते छ,
संसार सुचित होस् तर त्यस अगावै गुगलले
मेरो आईडी माग्यो ! ओ हो ! आईडी …
मेरो नाम के हो ? म झस्किए !
तब लम्पसार समय उठेर बोल्यो – ‘कविता’!
तिम्रो नाम कविता हो !

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

Leave a Reply

Your email address will not be published. Required fields are marked *