Skip to content

लालु क्षेत्री कोकिल

जब गुराँस फुल्छ लेकमा

जब गुराँस फुल्छ लेकमा तिम्रो याद आउँछ ।
धानको बाला झुल्छ खेतमा तिम्रो याद आउँछ ।

तिम्रो झल्को घरीघरी दोहोरिँदा यो मनभित्र
कोही देख्दा सुन्दर भेषमा तिम्रो याद आउँछ ।

गन्तव्यबिहीन यात्रा धेरै गर्नुपर्छ यहाँ
जब हुन्छु परदेशमा तिम्रो याद आउँछ ।

मैले तिमीलाई जुनसँग दाँजेर हेरें

मैले तिमीलाई जुनसँग दाँजेर हेरें
बहुमूल्य लाग्यो, सुनसँग दाँजेर हेरें

कतै कालो मिश्रण देखिन्छ कि भनी
साह्रै सेतो लाग्ने, चुनसँग दाँजेर हेरें

शहर होइन यहाँ

शहर होइन यहाँ, गाउँको याद आउनुपर्छ
आफू जन्मे हुर्केको ठाउँको याद आउनुपर्छ

वर्षायाम र भेल बढीमा वारि या त पारि
सरर तारिदिने नाऊको याद आउनुपर्छ

LaluChhetriKokil

हाम्रो देशको दुर्गति

हाम्रो देशको दुर्गतिमा सरकार दोषी हो कि !
ठुला ठालुको चाकडी गर्ने कु-संस्कार दोषी हो कि !

चारैतिर आसेपासे उठ्बस गरेको देखिन्छ
त्यसता पात्र कैद गर्ने पत्रकार दोषी हो कि !

तिमीले बोलाएको सुनिन

तिमीले बोलाएको सुनिन मैले, मातमा थिए
अनकन्टार डर लाग्दो औँसीको, रातमा थिए

जब तिम्रो मेरो बीचमा सुमधुर सम्बन्ध थियो
त्यस बेला म हरेक पल तिम्रै, हातमा थिए