शहर होइन यहाँ, गाउँको याद आउनुपर्छ
आफू जन्मे हुर्केको ठाउँको याद आउनुपर्छ
वर्षायाम र भेल बढीमा वारि या त पारि
सरर तारिदिने नाउको याद आउनुपर्छ
सफलता सजिलै पाउन कहाँ सकिन्छ र
जीवन धान्न मलिएका पाउको याद आउनुपर्छ
संघर्षका मैदानहरू पार गर्न भन्दै सधैं
पाऊका साथ चलेका खराउको याद आउनुपर्छ
सिधा साधा मान्छे ठगिए होलान कैयौं यहाँ
सयको ठाउँमा हजार असुल्ने साहुको याद आउनुपर्छ
कुनै दिन वार कि पार गर्नु छ भनी तम्सी
आँखा चिम्ली थापेको त्यो दाउको याद आउनुपर्छ
एक एक गास कटाएर आफ्नो भाग सन्तानलाई
पेट भराउन तल्लिन बुढो, बाउको याद आउनुपर्छ
लालु क्षेत्री “कोकिल”
भरतपुर महानगरपालिका-२५,नारायणी,शुक्रनगर,चितवन
हाल:काठमाडौं-६,बाग्मतिनगर,सुबिधाबस्ती

काेकिलजी सुन्दर रचना छ ।
काेकिलजी सुन्दर रचना छ ।