तिमीले बोलाएको सुनिन मैले, मातमा थिए
अनकन्टार डर लाग्दो औँसीको, रातमा थिए
जब तिम्रो मेरो बीचमा सुमधुर सम्बन्ध थियो
त्यस बेला म हरेक पल तिम्रै, हातमा थिए
भिजेको तन देखेर तिमीलाई घृणा लाग्यो कि
असार साउनको डरलाग्दो त्यो, वर्षातमा थिए
धेरै दु:ख नदेऊ तिमी चह्राउन थाल्छ चोट मेरो
नफेर बोली चोट लाग्दा म तिम्रै, साथमा थिए
रातभरि बसी शराबको नशामा मातिन पो पुगेछु
जीवनमा पहिलोपल्ट तिमीले गरेको, घातमा थिए
धेरै जनाले घेरेका थिए सडक छेउ एकाबिहानै
एकछिनपछि त म पशुपति, आर्यघाटमा थिए
लालु क्षेत्री” कोकिल ”
काठमाडौं-६, बाग्मतीनगर, सुबिधाबस्ती

Comment
Oh my god ! kasto madak srijana??Really heart touch..