रबिन्द्र अधिकारी
साइबर साली
दुनियाँ अब गुमनाम भो । लाग्छ ममा अब यस्तो शक्ति प्रादुर्भव होस् कि म बेग्लै अर्को संसार रच्न सकु जहाँ म हुनेछु अनि चारैतर्फ खुशीका अनन्त छालहरू । युरुपेली भूमि लिस्बन नामक कङ्क्रिट्को जङलमा आएयता महिनौसम्म मेरो अगाडि एउटै नाम नाच्न थालेको थियो- अश्लेषा । त्यही नाममा मस्तिशष्कले हजारौपटक उनको सुन्दर तस्वीर रच्न भ्याएको थियो । कुनै तस्वीरमा उनको नाक अलि थेप्चो कुनैको ओठ पातला, कुनैमा दाँया गालामा कोठी, कुनैको आँखा खैरा, कुनैको लामा बाक्ला कपाल त कुनैको छोटो । अनि अरु यस्तै यस्तै गहुँगोरी, काली ।
