मेरो छोरा

कसै कसैले देखेको
कसै कसैले नदेखेको
मेरो पनि एउटा छोरा छ
रुपरङ्ग अँग्रेजतिर गए पनि
बानीब्यहोरा मपट्टि गाको छ,
कसै कसैले देखेको
कसै कसैले नदेखेको
मेरो पनि एउटा छोरा छ
रुपरङ्ग अँग्रेजतिर गए पनि
बानीब्यहोरा मपट्टि गाको छ,
चिउरा भुजा बियर सबै जम्मा मैले गरि सके
हिस्सि काली डिम्पलवालि क्यासियर नि राखी सके
ब्रोइलर रागा भेडो खसी, त्यो नि सारा खोजी सके
तीन पाने र चार पाने नि खोजी घैलो भरिसके
गल्ली भित्र अध्यारोमा छाप्रो मैले हालेको छु
कर्याकर्ता येतै आउन भट्टि मैले खोलेको छु
जो नै आउन काङ्ग्रेस कम्निस्ट मेरो भट्टि चल्नु पर्यो
बेरोजगारी बढेको छ भत्ता बाढ्न आउनु पर्यो
भेस्ट सारै कमसल भयो अलि टिक्ने बाड्न पर्यो
नेपाल बन्द आन्दोलन ले सडक फेरि तात्नु पर्यो
नया बाइक किन्नलाइ पुरानो साइकल बेची सके
येतै आउन कार्यकर्ता भट्टि मैले खोलि सके
तपाइ हाम्रै हामी तपाइकै कसलाइ केको पिर परो
कता झर्छ भन्दै न लागें पछाडि
मठाधीशकाे फेरलाई नछाडी
सफा गर्न छाडें परेकाे छ चाेट
मठाधीशकी पत्नीको पै६ीकोट ।।
(नि) काे पेटी (टि) कोट ।
न छाेराे परें वा परें वा न ज्वाइँ
नपर्दा कहाँ खेल्न पाइन्छ दाइँ
न हड्तालमा बाेक्न झन्डा गएँ म
कहाँ गर्न पाऊँ म सित्यैं रजाइँ ।।
न पार्टीहरू भित्र भर्ना भएँ म
न ओछ्यानमा नै उपर्ना भएँ म
कसैकाे गरें क्यै न मैले बिझाइँ
कहाँ गर्न पाऊँ म सित्यैं रजाइँ ।।
नराखी नराखी कहाँ हुन्छ माग
नमागी नमागी कहाँ लाग्छ भाग
त्यसै प्राप्त के हुन्छ याे राइँदाइँ
कहाँ गर्न पाइन्छ सित्यैं रजाइँ ।।
यसैले पछाैटे परेकाे छु आज
छ बाेधाे भएकाे र साेझाे दिमाग
गफाड्ताल टुक्का महिमा
तिनोटा मु्ख्य छन् हाम्रो चिनारीका नयाँ कडी
बयान गर्न लागें म नहेरी नाडीको घडी ।।
गफ गर्ने गफै चुट्ने पहिचान छ अग्रिम
गफाडीहरुको भिन्नै पहिले गफ गर्छु म ।
आमाले बाबु बिर्सन्छन् पत्नी छन् पति बिर्सने
हडताल भए पुग्छ बेर्थै के अरु सम्झने ।।
रुखबाट खस्यो कोही बाटो बन्द गरे भयो
लोग्ने स्वास्नी गरे लड्डी देशै भन्द गरे भयो ।।
क्षतिपूर्ति लिंदै घिच्तै दारुले पेट भर्दछौं
नेपालै मात्र के हामी विश्व नै बन्द गर्दछौं ।।
थपेर गफमा टुक्का हुक्का झैं टर्टराउँछौं
काम गर्न परैबाट छाडेर थर्थराउँछौं
गफ हड्ताल टुक्कामा गफै केही गिजोल्छु म
द्रुतविलम्बितः
कति बिताउनु हो कविता पनि
सकल मानवको रमिता बनी
अब म छाड्दछु यो ‘क’ बिताउन
गजलमा बरु थाल्छु सुसाउन ।।
मुलुकभित्र भए सरी माफिया
बरु सबैतिर भर्दछु काफिया
अति छ कष्ट यहाँ ‘क’ बिताउन
छ सिजलो जल मा ‘ग’ मिलाउन।।
न घिमिरे जतिको हुन पाइयो
न त मिठो कविता रुन पाइयो
अब त दुर्लभ प्राज्ञ छ पाउन
गजलमै बरु थाल्छु सुसाउन ।।
गजलमा रमितै रमिता सब
गजलमै जल थप्नु पर्यो अब
मुख मिठ्याउन क्यै पनि पाइनँ
गजलमै बरु थाल्छु सुसाउन ।।
घनिघसाइ गरी कवि आउँछन्
कथित गर्धव राग सुसाउँछन्
म पछि पर्दछु तैपनि धाउन
गजल नै बरु थाल्छु सुसाउन ।।
गजलमा सजिलै रछ धाउन
बहर गाई र गोरु मिसाउन
अब आएको छ तिहार,
अस्तिसम्म दशैं पल्टिएको थियो
राम्रै खानपिनको राम्रो प्रबन्ध थियो
हड्डी मात्र हैन ह्याकुलाकै प्रबन्ध थियो