Skip to content


भन्नेले भन्छन मिठो कोदा को झोल
खानेले भने मिठो गुन्द्रुक को झोल
तर मलाई मिठो यै स्वदिस्ट लोल ।

दुइतिर ठाडो लौरो बीचमा गोल
तीन अक्षरको शब्द सबैले बोल
स्पेलिङ एस्को एल ओ एल लोल ।

जिस्क्याउदा लेख्ने एल ओ एल लोल
हासोको संज्ञा एल ओ एल लोल
टार्नलाई लेख्ने नखोल्न पोल ।

ओल्लो टोल वा पल्लो टोल
अघिल्लो रोल वा पछिल्लो रोल
मेसेज रिप्लाईमा लोलका लोल ।

खेतको टार वा बारीको डोल
दाम्लोले बोक्दा वा लाउदा नोल
हातमा मोबाइल् भए जाहाँतहीं लोल ।

– रबिन्द्र अधिकारी, बनेपा

1 thought on “लोल (lol)”

  1. लाै सुन्दर कवितात्मक व्यङ्ग्य
    लाै सुन्दर कवितात्मक व्यङ्ग्य । बधाइ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *