Skip to content

समीर भण्डारी

गहभरि आँसु लिदै

गहभरि आँसु लिदै उनले बाटो रोकेको दिन
याद छ मलाई परदेश पस्न झोला बोकेको दिन

बिदाइका हात हल्लाउँदै उनीबाट छुटेपछि
पर पुगि आँसु धारा भुइँमा पोखेको दिन

बेकार सङ्का गर्छ्न् पति

बेकार सङ्का गर्छ्न् पति, बिदेशमा बसेर
बुझ्दैनन्! सम्झाउँछु कति, बिदेशमा बसेर

जे छ खाउँला सँगैसँगै रमाउँला भन्दा नि
उतै खर्च गर्छ्न भए जति, बिदेशमा बसेर

एक्लै हुन्छु एकान्तमा आमा

एक्लै हुन्छु एकान्तमा तिम्रै तस्वीर छुन्छु आमा,
पोल्छ छाती तिम्रो यादले बर्बराउदै रुन्छु आमा

किन गयौ एक्लै छोडी यो संसारमा मलाई,
हेप्छन यो दुनियाले अनि एक्लो हुन्छु आमा