बेकार सङ्का गर्छ्न् पति, बिदेशमा बसेर
बुझ्दैनन्! सम्झाउँछु कति, बिदेशमा बसेर
जे छ खाउँला सँगैसँगै रमाउँला भन्दा नि
उतै खर्च गर्छ्न भए जति, बिदेशमा बसेर
मेरो चरित्रमाथि शङ्का र उपशङ्का गरी गरी
सम्झिन्छ्न् जवान श्रीमती, बिदेशमा बसेर
अर्काको देशमा मरिहाले भेट हुन्न यता फेरि
सुखको आश छैन एक रति बिदेशमा बसेर
नाम:समीर भण्डारी
हाल:पुणे महाराष्ट्र
