Skip to content

मात्र गजलकार भएँ

SamirBhandari


मात्र गजलकार भएँ, तिम्रै कारणले
जितेर पनि हार भएँ, तिम्रै कारणले

लाग्थ्यो यो संसार, तिम्रो अनि मेरो हो
तर आज कुलंघार भएँ, तिम्रै कारणले

न समुद्र तरें जिन्दगीको, न त नदी नै
आज न वार न पार भएँ, तिम्रै कारणले

आखिर यात्रा अन्तै, मोड्यो जिन्दगीले
फ्याँकिएको हतियार भएँ, तिम्रै कारणले

खै कसरी जिउनु, यस्तो लाचारी जीवन
पृथिवीलाई नै भार भएँ, तिम्रै कारणले

Leave a Reply

Your email address will not be published. Required fields are marked *