Skip to content

कपिल मणि

KapilMani

हराएको मान्छे

शुक्रवारको दिन बेलुकीको झण्डै ५ बज्न लागेको थियो । गाडीहरू तछाडमछाड गर्दै को अगाडि जाने भन्ने होडबाजीमा आलोपालो मिच्दै मान्छे तानातान गर्न लडिबुढि गरिरहेका थिए । हातमा कालो ब्याग समातेर उनी अर्थात झरना गाडीछेउ आइपुगिन् । म नजिकै ओर्लने भएकाले गर्दा बाहिर नै उभिएको थिएँ । खलासी भाइले तुलसीपुरसम्म हो भनेर उनलाई सिटमा लगेर राखिदियो ।

कुर्था सुरुवाल, लामो कालो कपाल, ओठमा हल्का रातो लिपिष्टिक, आँखामा गाजल एकोहोरो हेरी नै रहे । केही छिनमा गाडी भरियो र आफ्नो गन्तव्य तय गर्यो ।

जिन्दगीलाई जुन दिनदेखि

जिन्दगीलाई जुन दिनदेखि बिक्रीमा राखियो
लाग्छ भएभरका खुसीहरू गोजीमा राखियो

ऊ ! काडा हो बिझाउँछ भन्ने थाहा हुदाहुदै
फूल सम्झेर सधैं दिलको परिधिमा राखियो

यो नजरले त्यो नजरको

यो नजरले त्यो नजरको ईशारा बुझ्न सक्छ
बुझेपछि मायाको दिलमा मुल फुट्न सक्छ

शृङ्गार गरी फूल तिमी नजिक आयौ भने
होस् गर मात्तिएको भँवराले चुम्न सक्छ