Skip to content

सुतेको छ सरकार


सुतेको छ सरकार लाग्छ, बिरामी भएर हो
कि सुत्न दिने बेकुफ जनता हामी भएर हो

यहाँ आन्दोलन भएको कारण यो हुनसक्छ
लाग्छ युवाहरू देशमा सबै बेकामी भएर हो

कयौं आज अकालमा सरकार मर्नु परेको छ
मेरो देशमा डाक्टरभन्दा धेरै धामी भएर हो

टुक्राटुक्रा हुदैछ यो देश जातियताको नाउँमा
देश बनाउनेहरू नै यहाँ प्रतिगामी भएर हो

देश नबन्नुको एउटै कारण म ठोकुवा गर्छु
नेपाल सरकार छिमेकीको गुलामी भएर हो

कपिल मणि
दाङ, बेलझुण्डी

1 thought on “सुतेको छ सरकार”

Leave a Reply

Your email address will not be published. Required fields are marked *