Skip to content

खतराहरू धेरै खतरा


खतराहरू धेरै खतरा पनि हुन सक्छन्
बेवास्ता नगर्नु कडा पनि हुन सक्छन्

यो जिन्दगी एउटा किताब हो पल्टाउनु
केही तिता मिठा कथा पनि हुन सक्छन्

सिंहदरबारमा कहाँ मान्छे मात्रै छन् र ?
त्यहाँ कयौं कुकुर गधा पनि हुन सक्छन्

आफ्नाहरू भेट्टाउन पो गाह्रो छ दुनियाँमा
दुश्मनहरू त जाबो जहाँ पनि हुन सक्छन्

नजरहरुले सधैं प्यार दिन्छन् भन्ने नसोच्नु
नजरबाटै दिलमा हमला पनि हुन सक्छन्

कपिल मणि
दाङ, बेलझुण्डी

Leave a Reply

Your email address will not be published. Required fields are marked *