आज म यहाँ अक्षरका पुजारी त्यस्तै एकजना पुराना शिक्षकको कथा लेख्दै छु । मान्छेको जीवनको कुनै लेखाजोखा नै हुँदैन । जन्मियो एक ठाउँ । हुर्कियो अर्कै ठाउँ र कर्म गर्ने ठाउँ आफूले कहिल्यै नचिताएको पनि हुन सक्छ । यस्तै संयोग शिक्षक, साहित्यकार र पत्रकार पेशल आचार्यका जीवनमा समेत परेको छ ।