Skip to content

अभिव्यक्ति

एकै ड्याङका मुला

एकैघरका तीन दाजुभाइ मध्ये, कुनै वेला जवानीको मादले लठ्ठिएको जोधाहा ‘क’ पुरानो मक्किइसकेको थोत्रो घर ढाल्नु पर्छ । समाजमा परिवर्तन ल्याई अधिकारको लागि लडनु पर्छ भन्ने अभियानमा लागेको थियो । कतिले उसको विश्वास गरी बाटो पहिल्याएथे, भने कति उसको उग्र रुप देखेर डराउथे । गाँउघरमा उसको मनपरि चल्थ्यो । उसको विरुद्धमा कोही चुक्क पनि गर्न सक्दैनथे । कसैलाई सराप्नु पर्यो भने “तेरो घरमा ‘क’ पसिहालोस” भन्थे रे ।

मान्छेको छाउरो

  • by

निस्तब्ध रात कुनै स्वास्नीमान्छेको निर्जीव हृदय हो, जसलाई चिरेर एउटा तीतो स्वर, कुकुरको सानू छाउरोको प्रलाप, बाँसको लिङ्गोजस्तै ठडिन्छ आकाश छुने गरी – क्याइँ क्वँ वाँ वाँ वाँ ईं ईं ईं क्वाँ वाँ वाँ वाँ वाँ ईं ईं ईं ईं ईं ईं…! यो चीत्कार दोहेरिन्छ, तेहरिन्छ, चौहरिन्छ, प्रत्येक पटक अझ सघन, अँ तिखो, अझ अग्लो भएर कराउँछ यो आवाज।

साङ्केतिक भाषा

  • by

पहिलेका मानिसहरु आफ्ना एक कुरा आपसमा बुझाउन इशाराले काम चलाउँदथे । आफ्ना कुरा हरसम्भव विभिन्न उपाय निकालेर सम्झाउँदथे । नबुझे लाठी भाला खुँडा खुर्पा तरवार आदि प्रयोग गर्दथे । अर्को पक्षले बुझे नभनेसम्म ती सामाग्री सक्रियरुपमा संचालित हुन्थे तिनीहरु उपर ।

सम्बन्धका दूरी

  • by

सलाई आश्चार्य लागिरहेको थियो आज राति ओछ्यान पटक्कै बिझाएन । उठ्दा गर्धन र शीर दुखेको थिएन । हलुङ्गो महसुस गरिरहेकी थिई ऊ । उसले ओछ्यानको तन्ना तनक्क तन्काई । बुट्टेदार तन्नामाथि दुई सिरानीहरुलाई मिलाएर राखि । उसलाई आफ्नो ओछ्यानमाथि बुट्टेदार तन्नाको ताजापन साहै प्यारो लाग्छ । अनि टेबुलमाथिको चाँदीको प्रुेमभित्रबाट फोटो बाहिर निकालि स्वयंवरको ।

बन्दी र सपना

  • by

टाढा
म भन्दा धेरै टाढा छ
त्यो….सङ्गीत
अनन्त फाँटहरुभन्दा पर छोडिएको
र,
त्यति नै टाढा छु म
चार किल्लाहरुमा कैद
सिमाना रहतले मात्र अङ्कित गर्छ