दुई मुक्तक (आउदिन होला फर्केर) लालबहादुर भराली मुक्तक by editorJuly 12, 2020१) आउदिन होला फर्केर कोरोनाको लहरमा पुगेछु जताततै देख्छु मान्छेको लास कहरमा पुगेछु आमा घर आउन पाउँदिन मनमा दुःख नमान्नु है कर्मको बाध्यताले आज कोरोनाको जहरमा पुगेछु ।
दुई मुक्तक (आमा) लालबहादुर भराली मुक्तक by editorJune 14, 2020१) आमालाई वृद्धाश्रम छाडी आएको देख्छु अचेल छोराबुहारी मन्दिर धाएको देख्छु नौ महिना गर्भमा राखेर हुर्काकी आमालाई देख्न नसक्दा बाटोमा फाली आएको देख्छु ।
दुई मुक्तक (सागरमाथा जस्तो शिर) लालबहादुर भराली मुक्तक by editorMay 14, 2020(१) सगरमाथा जस्तो शिर हुनुपर्छ गोर्खेको सन्तान भए वीर हुनुपर्छ लाहुरेको सपना देख्ने आमा बुबाको लाहुरेको जागिर खान त तक्दिर हुनुपर्छ