१)
आमालाई वृद्धाश्रम छाडी आएको देख्छु
अचेल छोराबुहारी मन्दिर धाएको देख्छु
नौ महिना गर्भमा राखेर हुर्काकी आमालाई
देख्न नसक्दा बाटोमा फाली आएको देख्छु ।
२)
आँगनको बगैंचामा फूल फुलेको मन पर्छ
साथीसँग खेल्दा रुखमा झुलेको मन पर्छ
मैले मुसुक्क हाँस्दा लजालु भइदिन्थौ तिमी
अरुलाई छाडी मेरै मायामा भुलेको मन पर्छ ।
लाल बहादुर भराली
विश्वनाथ असम
