Skip to content

रामकुमार परियार

RamKumarPariyar

फेरि आयो नव वर्ष

जसरी थियो बित्नु त्यो
बित्यो आखिर यो वर्ष
उमङ्गको बहार ल्याई
फेरि आयो नव वर्ष ।

स्वागत गरौं आऊ साथी
सबैमिली नव वर्ष
मुहारमा कान्ति बोकी
फेरि आयो नव वर्ष ।

सन्दर्भ भ्यालेन्टाईन डे को,सच्चा प्रेम गरौं

युवापुस्ता माझ निकै लोकप्रिय पर्व हो – भ्यालेन्टाइन डे,अर्थात प्रणय दिवस । त्यसतो युवा सायदै भेटिएला, जसलाई यसको महत्त्व र मिति थाहा नहोस । पछिल्लो समय नेपाली समाजमा घुस्दै गएको पाश्चात्य परम्परा मध्ये निकै नाम चलेको पर्व हो भ्यालेन्टाइन डे । जुन हरेक अङ्ग्रेजी वर्षको फेब्रुअरी १४ तारिख संसारभरका युवायुवतीहरूले धुमधामका साथ मनाउने गर्दछ्न ।

देश बेच्ने चलखेल हुदैछ

एउटा खलपात्र अनि
पुच्छर बनिएका कुपात्रहरु
मध्यरातमा,ताण्ड्व नृत्य देखाउदै ।
शान्ति भुमिमा दर्ज हाम्रो पहिचान
अनि राष्ट्रवाद खुरु खुरु आज मेटाउदैछ्न ।
हो मेटाउदै छ्न ।
केवल स्वार्थका निम्ति,सत्ताका निम्ति
अनि आफ्नैका निम्ति ।
छदम भेषका आप्रवासीलाई
काखी च्याप्दै,सत्ताको सौदागिरिमा
देश बेच्ने चलखेल हुदैछ  ।